मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते प्रदेश सभामा विश्वासकाे मत लिने भएका छन् । विश्वासकाे मत लिन शुक्रबार प्रदेश सभामा प्रस्ताव दर्ता गरिएकाे छ ।
नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्न प्रसाद ढकाल मुख्यमन्त्रीले चैत १९ गते विश्वासकाे मत लिने गरी प्रस्ताव दर्ता गरेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । केन्द्रीय सत्ता समिकरण बदलिएर नेपाली काँग्रेसले जम्कट्टेल सरकारलाई दिएकाे समर्थम फिर्ता लिए पछि गत फागुन २३ गतेबाट उनी अल्पमतमा परेका थिए ।
चैत २२ गते भित्र विश्वासकाे मत नलिए सरकारकाे निरन्तरता नहुने संवैधानिक जटिलताका वावजुद सत्ता गठबन्धन ३ दलले हाम्राे नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराउन ५ बुदे सहमती गरी मन्त्री नियुक्त गरी सपथ खुवाएका थिए । १ मतले अल्पमतमा रहेकाे सरकाले विश्वासकाे मत पाउने भएपछि प्रदेश सभामा शुक्रबार ढकाले मुख्यमन्त्रीले विश्वासकाे मत लिने प्रस्ताव दर्ता गराएका हुन् ।
यसैबीच बागमती प्रदेश सरकारलाई पूर्णता दिन तयारी थालिएकाे छ । हानेपाका बज्राचार्य सरकारमा सहभागी भएपछि गठबन्धनकाे बहुमत पुग्ने भएकाेले सरकारलाई पूर्णता दिने तयारी थालिएकाे हाे । एमालेलाई सहभागी गराएर सरकारलाई पूर्णता दिन थालिएकाे हाे ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवं कार्य विभाजन गरेका थिए । जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालि रहेका छन् ।
बिहीबार विस्तारित मन्त्रिपरिषद अनुसार केन्द्रीय समिकरण अनुसार बनेकाे सत्ता गठवन्धन समर्थित दललागि बहुमत पुगेकाले प्रदेश सरकारकाे मुख्यमन्त्रीले सम्हाल्ने गरी ताेकिएका ५ वटै मन्त्रालयहरुमा एमालेले मन्त्री नियुक्तीको तयारी थालेकाे हाे । एमालेका तर्फबाट यसअघि एमाले सहितको गठवन्धन सरकारमा मन्त्री बनेकालेनै मन्त्री पद पाउने संभावना रहेकाे बताइरहँदा मन्त्रीहरुकाे नाम केन्द्रबाट ताेकिने सम्भावना रहेकाे छ । केन्द्रले नाम ताेकेपछि मन्त्री नियुक्तीका लागि मुख्यमन्त्री समक्ष एकै चरण वा दुइ चरणमा पार्टीले सिफारिस गर्ने भएकाे हाे।
नयाँ बनेकाे गठबन्धनमा माओवादी र एकिकृत समाजवादीका तर्फबाट नियुक्ति भएका मन्त्रीहरुले निरन्तरता दिइ रहेका छन् भने हाम्रो नेपाली पार्टीका तर्फबाट बर्जाचार्यले प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । आइबारसम्ममा एमालेका तर्फबाट पनि मन्त्री नियुक्तीका लागि नाम आइसक्ने संभावना रहेकाे बताइएको छ । एमालेले बागमती प्रदेशमा पाँच मन्त्रालय दावि गरेको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयसमेत १२ वटा मन्त्रालय रहेकाे बागमतीमा हाल गंगा नारायण श्रेष्ठ (आन्तरिक मामिला तथा कानुन मन्त्री), कुमारी मुक्तान (सामाजिक विकास मन्त्राी), युवराज दुलाल (भौतिक पूर्वाधार विकास मन्त्री), डा. राजेन्द्रमान श्रेष्ठ (कृषि तथा पशुपन्छी विकास मन्त्री), लक्ष्मण लम्साल (श्रम, रोजगार तथा यातायात मन्त्री) र शैलेन्द्र मान बज्राचार्य (संस्कृति, पर्यटन तथा सहकारी मन्त्री) छन् ।

