मकवानपुर । आम जनता पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले किसानले मल र परिश्रमकाे मूल्य नपाउने तर किसानकाे पसिनामाथि नेतृत्वले नै रजाइ गरिरहेकाे बताएका छन् । पार्टीकाे मकवानपुर जिल्ला भेलालाई सम्बाेधन गर्दै साहले यस्ताे कुरा बताएका हुन् ।
पूर्व भूमि व्यवस्थापन सहकारी र गरिबी निवारण मन्त्री समेत रहेका साहले शनिबार हेटौडामा भएकाे प्रथम जिल्ला भेलामा किसानलाई सम्मान गरिनु पर्ने धारणा व्यक्त गरे । ‘शासकहरुकाे लुटतन्त्रले युवाहरु विदेशिनु परेकाे छ’ साहले भने ‘नेपालमा विदेशिले काम गर्ने र विदेशमा नेपाली पलायन हुने परिपाटी देखिएकाेले यसलाई राेक्नु पर्ने र देशमै श्रम बजार सृजना गर्ने बताए । वैदेशिक राेजगारमा गएका नेपालीहरुकाे विदेशमा मृत्यु हुँदा कहिल्यै पनि छानविन नभएकाे बताउँदै उनले नेपालबाट श्रम स्वीकृति दिएर पठाउने मन्त्रालयमाथि समेत छानविन गरिनु पर्ने बताए ।
‘विदेशी अनुदान आउन समेत मुस्किल रहेकाे अहिलेकाे अवस्थामा अर्थतन्त्र समेत डामाडाेल छ’ उनले भने । ‘सकारले लक्ष्य अनुसारकाे राजश्व उठाउन सकेकाे छैन’ साहले भने अन्य मुलुकमा करका दर कम भएकै कारण सामान सस्ताे पाइन्छ तर नेपाल जस्ता सानाे मुलुकमा कर धेरै लिएर हरेक सामानकाे मूल्य महङ्गाे परिरहेकाे छ ।’ नेपालमा हाल भ्रष्टाचार मौलाउँदै गएकाे बताउँदै उनले भ्रष्टाचारीलाई राज्यले कारवाही नगरेकाेले अब जनताले कारवाही गर्ने वेला भएकाे जानकारी दिए ।
‘लघुवित्त, बैक तथा मिटरव्याजी पीडकलाई कारवाही गर्नुपर्छ‘ उनले भने । संविधानकाे पालना समेत नगर्ने हाे भने कसैलाई पनि पदमा बसी रहने नैतिकताले नदिने उनले बताए । ‘नेपाली जनताकाे मनाेबल गिरेकाे अवस्था छ’ उनले भने ‘डाक्टर तथा इन्जिनियरहरु समेत विदेश पलाएन हुन लालयित देखिएका छन् ।’
यसैगरी मकवानपुर जिल्ला जहिल्यै अगााडी रहेकाे बताउँदै जिल्लाकाे छविलाई माथि उठाउने नेतृत्वदायि भूमिका लिनु पर्ने उनले बताए । नेपालकाे गठवन्धन सरकारलाई लक्षित गर्दै उनले भने ‘दलीय लुट उखेलेर नफालेसम्म जनताकाे शासन कायम हुने छैन ।’ लाेकतन्त्रकाे नाममा मुठ्ठिभरका व्यक्तिहरुले देशलाइ लुटिरहेका बताउँदै उनले परिवर्तनका लागि आम जनता पार्टी लागिरहेकाे जानकारी दिए । जनतालाई मालिक बनाउने अभियानमा लागिरहेकाे उनले बताए ।
यस्तै भेलाले शिशिर राजथलाकाे अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि गठन गरेकाे छ । कमिटिकाे उपाध्यक्ष श्रीनिवास साह र सुदिप राजथला रहेका छन् भने अन्य पद विभाजन हुन बाँकी रहेकाे अध्यक्ष राजथलाले जानकारी दिए । त्यसैगरि आम जनता पार्टीकाे भातृ संगठन इन्फरमेशन एण्ड टेक्नाेलाेजी आर्मी (आईटी आर्मी) पुकार थिङकाे संयाेजकत्व गठन गरिएकाे छ । आर्मीकाे उपाध्यक्षमा अरुण स्याङ्तान सहित ५१ सदस्यिय कार्यसमिति गठन गरेकाे हाे भने अन्यकाे पद विभाजन हुन बाँकी रहेकाे बताइएकाे छ ।
कार्यक्रम संयाेजक शिशिर राजथलाकाे सभाध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री साहकाे प्रमुख आतिथ्यतामा भएकाे मकवानपुर प्रथम जिल्ला भेलामा केन्द्रीय उपाध्यक्ष अरुण घिसिङ र अशाेक लामा , केन्द्रीय महाासचिव त्रिभुवन साह, चन्द्र भूषण साह, मधेष प्रदेशका अध्यक्ष उमेश कुशवाह, आम महिला कमिटि केन्द्रीय अध्यक्ष कुमारी वविता गाैर हत्या काण्डका सहिद राजन पाेखरेलकी आामा सीता पाेखरेललगायतकाे आथित्यता रहेकाे थियाे ।

