मकवानपुर । मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएकाहरुकाे मागहरु सम्बाेधन गर्ने अपिल गरिएकाे छ । बागमती प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे आयाेजना तथा काेशिशकाे समन्वयमा भएकाे कार्यक्रममा मनाेसामाजिक स्वास्थ्य समस्या भएकाहरुले यस्ताे अपिल पत्र मन्त्रालयलाई बुझाएका हुन् ।
मनाेसामाजिक अपाङ्गताकाे क्षेत्रमा चालु आर्थिक वर्षकाे कार्यक्रम र आगामी आर्थिक वर्षकाे याेजनाबारे सराेकारवालबीच समन्वय बैठकपछि यस्ताे अपिल पत्र बुझाइएकाे हाे । अपाङ्गता भएका व्यक्तिलाइ अपाङ्गताका आधारमा भेदभाव वा निजलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगराइ यस्ता सवालमा संवेदनशील भइदिन अपिल पत्र पेश गरिएकाे हाे ।
सामाजिक विकास मन्त्रालय र सम्बन्धीत मातहतका निकायहरुको क्षेत्राधिकार भित्र रहेका कार्यमा सहजिकारण गरिदिन माग गरिएकाे हाे । अपाङ्ग भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७५ को परिच्छेद ७ को ३२ न दफामा सामाजिक सुरक्षा अन्तरगत नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा स्वतन्त्र र स्वावलम्बन पूर्वक जीवनयापन गर्न सक्ने गरी सक्षम बनाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी वा तोकिएको अवस्थामा निःशुल्क रुपमा समाजिक सुरक्षा कार्यान्वयमा ल्याउनेछ भनिएको छ ।
सुरक्षा र स्वास्थ्य सेवा सहितको सामाजिक आवास सुविधा विकास गर्ने, असहाय बालवालिका तथा परिवार बाट त्यागिएका अपाङ्गता भएका व्यक्तिको लागि आवासको व्यवस्था गर्ने, जीवन बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमा गराउने, औषधि तथा आवश्यक सामाग्रि उपलब्ध गराउने, तोकिएको आधारमा बेरोजगारी भत्ता, जीवनयापन भत्ता तथा वृद्ध भत्ता उपलब्ध गराउने, तोकिएको अवस्थामा अपाङ्गता भएका व्यक्तिका सहयोगीका लागि भत्ता उपलब्ध गराउने जस्ता बुदाहरु रहेकाे स्मरण गराउँदै यि सवालहरुमाथि ध्यान काेशिश पैरवी संयाेजक थमकुमारी कुवर समेतकाे उपस्थितिमा कार्यक्रम गरिएकाे हाे ।
आर्थिक वर्ष २०८० / ०८१ को नीति तथा कार्यक्रममा सामाजिक विकास मन्त्रालयको तर्फबाट अन्य अपाङ्गता सरह मनोसामाजिक अपाङ्गतालाई प्रथामिकतामा राखी मनोसामाजिक अपाङ्गताको क्षेत्रमा कार्यकम तथा बजेट विनियोजन गर्नका लागि अनुरोध गरिएकाे काेशिश मकवानपुरकाे पैरवी अधिकृत सुनिरा लामाले बताइन् ।
प्रदेशले निर्माण गर्ने नीति निर्माणमा मनोसामाजिक अपाङ्गताको विषयलाई समावेश गराउनु पर्ने, मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गताको लागि कार्यक्रम तथा निति निर्माण गर्दा मनोसामाजिक अपाङ्गता रहका व्यक्तिहरुलाई सहभागी बनाउनु पर्ने, महिला हिंसा तथा घरेलु हिंसाको कारण महिला र बालबालिकाहरुमा मानसिक स्वास्थ्य समस्यमा बढिरहेको कारण यसलाई निवारणका लागि विशेष कार्यत्रम तथा उचित बजेटको व्यवस्था गर्नुपर्ने माग गरिएकाे लामाले बताइन् ।
बैदेशीक रोजगार असफल भए फर्केका युवाहरु मध्ये धेरै प्रतिशत विरोजगारी तथा चर्काे ऋणका कारण मानसिक स्वास्थ्य समस्यामा रहने गरेकाेले उनीहरुलाई राजगारीको लागि कार्यक्रम तथा बजेटको विनियोजनका लागि अनुरोध गरिएकाे मायादेवी गाैतमले बताइन् ।
यसैगरी मानसिक स्वास्थ्य समस्यामा रहेका व्यक्तिहरुको रिकभरीको लागि र आत्मविश्यवास जगाउने साथी समूह तथा स्वावलम्बन्ध समूहको ठूलो भूमिका रहने भएकोले यस प्रकारको लक्षीत कार्यकमहरुका समेत माग गरिएकाे काेशिशकी सामुदायिक अभियानकर्ता सकुन्तला पाैडेलले बताइन् ।
मानसिक स्वास्थ्य समस्यमा रहेका व्यक्तिहरुलाई भेदभाव तथा लान्छना हटाउन र मानसिक सुस्वस्थ्यको प्रबर्द्धन तथा जनचेतना अभिवृद्धिका लागि यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुको परिचालन गर्न समेत काेशिशले अनुराेध गरेकाे छ । यस्ता कार्यक्रममा मन्त्रालयकाे सधैं समन्वय र सहकार्य हुने निमित्त सचिव खुबीराम अधिकारीले बताए ।
मनोसामाजिक अपाङ्गता भएको व्यक्तिहरुलाई सरकारको सामाजिक सुरक्षा कार्यक्रम अन्नरगत अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य बीमामा जोड्नका लागि कार्यक्रम तथा बजेटको विनियोजन गरिदिनु समेत आग्रह गरिएकाे थियाे । कार्यक्रममा मनोसामाजिक समस्या अनुभव गरेका मायादेवी गौतम, बन्दना थिङ, पार्वती बरैली, विशाल मोक्तान, विराज मोक्तानलगायतले उल्लेखित सवालमा संवेदनशील हुन अपिल गरेका थिए ।
