मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाे दोस्राे खेलमा आयोजक बागमती खेलकुद विकास समिति विजयी भएको छ । हिमालय शेर्पालाई ट्राइबेकरमा ५–४ गाेल अन्तरले हराउदै बागमती विजयी भएकाे हाे ।
प्रतियाेगिताकाे दोस्राे दिनकाे खेलकाे निर्धारित समयमा बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । खेलकाे पहिलाे हाफमा कुनै पनि गोल हुन सकेन । दोस्राे हाफकाे सुरुवाती मिनेटमा बागमतीका लतिल चौलागाईले गोल गर्दै अग्रता कायम गरेकाे थियाे । दोस्राे हाफकाे अतिरिक्त समयकाे ९२ औं मिनेटमा शेर्पाले प्राप्त गरेका पेनाल्टीलाई सुदीप श्रेष्ठले गोल गर्दै खेलमा बराबरीमा ल्याएका थिए ।
ट्राइबेकरमा हिमालयन शेर्पाकाे तर्फबाट दिवस उराउ, सत्यम शर्मा, धिरज र फाकुलेनेले गोल गर्दा सुदिप श्रेष्ठकाे प्रहार बागमीतका गोल रक्षक पवन आले मगरले बचाएका थिए । यस्तै बागमतीका लागि लतिल चौलागाई, प्रितम स्याङ्गबो, सामेल सुनार, रोशन दोङ्ग र अमर पाख्रिनकाे प्रहार गोलमा परिणत भएकाे थियाे ।
बागमती खेलकुद विकास समितिकाे आयोजनामा भएकाे प्रतियाेगितामा आजकाे खेलका म्यान अफ द म्याच बागमतीका ललित चौलागाईं भए । उनले नगर १० हजार प्राप्त गरे । बागमती गाउँपालिका फापरबारी स्थित जनता माविको खेल मैदानमा भइरहेकाे प्रतियाेगिता अन्तर्गत विहीबार न्युरोड टिम (एनआरटी) र नव जन जागृती क्लव सिमरा बारा बीच खेल हुनेछ । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैंया तथा उपविजेताले नगद ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएकाे छ । जावलाखेल युथ क्लव ललितपुर, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, नव जन जागृती क्लव सिमरा बारा, एनआरटी फुटबल क्लव काठमाडौं, नेपाल आर्मीकाे त्रिभुवन क्लब काठमाडाैं, हिमालयन शेर्पा क्लब काठमाडाैं, आयोजक बागमती खेलकुद विकास समिति, शसस्त्र प्रहरीकाे एपिएफ फुटबल क्लब काठमाडाैं, चर्च ब्वाईज युनाईटेड क्लव काठमाडौंकाे सहभागिता रहेकाे छ । पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने याे प्रतियाेगितामा सहभागिता जनाएको छैन ।

