मकवानपुर । मकवानपुरकाे हेटाैंडामा रहेकाे ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले एकै पटक ६ जना न्यायधीशहरु र रजिष्ट्रारलाई सम्मानित गरेकाे छ ।
सरस्वती पूजाकाे अवसरमा उच्च अदालत पाटन हेटाैंडा इजलाशमा कार्यरत मुख्य न्यायधीश यमुना भट्टराइ सहित ६ न्यायधीश र रजिष्ट्रारलाई केन्द्रले सम्मानित गरेकाे हाे । केन्द्रले न्यायधीशहरु शान्ता सेडाई, सकुन्तला घिमिरे, मिना गाैतम, निर्मला शाक्य, सानुमैया डङ्गाेल र रजिष्ट्रार राम पियारी सुनुवारलाई सम्मानित गरेकाे हाे ।
स्वागत तथा सम्मान कार्यक्रमसँगै बरिष्ठ राजयाेग प्रशिक्षक राजु घलेले जीवनपयाेगी शिक्षाकाे बारेमा जानकारी गराएका थिए । ‘नारी शक्ति अघि बढेपछी नै धरती परिवर्तन संभव छ’ राजयाेग घलेले भने ‘हामी कुनै धर्मकाे प्रचार गर्दैनाै आध्यात्मकाे कुरा गर्छाै धर्ममा केही न केही दायरा हुन्छ, आध्यात्ममा त्यो दायरा छैन, केन्द्र सबै उमेर, जात लिङ्गलाई समान शिक्षा दिने थलो हाे’ घलेले भने । धर्मलाई मान्ने तर धर्मले सिकाएको कुरा धारणा नगर्ने गर्दा समाजका द्वन्द्व रहेकाे उनले बताए ।
ब्रह्मकुमारी राजयाेग सेवा केन्द्र नारी शक्तिद्वारा सञ्चालित विश्वको ठूलो संस्था भएकाे उनले बताए । शास्त्रले पनि नारी शक्तिलाई उच्चस्थानमा राखेकाे स्मरण गराउँदै उनले भने ‘जहाँ नारीहरुकाे नेतृत्व हुन्छ त्यहाँकाे संस्कार नै उच्च हुन्छ ।’
कार्यक्रममा उच्च अदालत पाटल हेटाैंडा इजलाशमा कार्यरत मुख्य न्यायधीश यमुना भट्टराइले आध्यात्म पनि जीवनकाे महत्वपूर्ण पाटाे भएकाे बताइन् । मान्छेमा आध्यात्मकाे ज्ञान रह्याे भने आफ्नाे जिम्मेवारीमा इमान्दारीता रहने भट्टराइले बताइन् । ‘सबैमा इमान्दारीता रह्याे भने मान्छेले खराब कर्म नै गर्दैन समाज सहज र सद्भावपूर्ण बन्नेछ’ उनले भनिन् । सबैमा आध्यात्मकाे ज्ञान भयाे भने देश समृद्विकाे बाटाेमा अघि बढ्ने उनले बताइन् ।

अदालतमा नारी शक्तिकाे नेतृत्व रहनुले न्याय सम्पादनमा अपेक्षा बढेकाे उनले बताए । ब्रमकुमारी राजयोग सेवा केन्द्र सयुक्त राष्ट्रसंघमा रेकर्ड भएकाे विश्वको ठूलो आध्यात्मिक संस्था हाे ।
केन्द्रकाे क्षेत्रिय सञ्चालिका शुशिला दिदिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मकवानपुर जिल्लाका नापि अधिकारी खेम रानालगायतकाे उपस्थिति प्रशिक्षक मणी सुवेदीले बताए ।

