मकवानपुर । बालमैत्री स्थानीय शासन लागु गर्न स्थानीय, प्रदेश र संघीय सरकार लागि परिरहेको बेला बाल विवाह सबैभन्दा ठुलो चुनौतीको रुपमा देखा पर्दै आएको छ ।
मकवानपुरमा सिविन बाल हेल्प लाइन र स्थानीय तहको सक्रियतामा ४ वटा बाल विवाह रोकिएको छ । मकवानपुरको कैलाश गाउँपालिका वडा नं ३ मा २० र २१ वर्षिय युवाहरु, राक्सिराङ् गाउँपालिका वार्ड न ३ का १३ र १४ वर्षिया बालिकाबीच हुन लागेको बाल विवाह बदर गरिएको हो ।
दुई दिन अघि विवाह हुन लागेको सुचना हिमराइट्स मकवानपुरमा आएपछि बालहेल्पलाइन १०९८, राक्सिराङ् गाउँपालिका वार्ड ३ को सक्रियतामा बाल विवाह रोकिएको हो । वार्ड अध्यक्ष उत्तम वाइवा, कैलाश गाउँपालिका वाड ३ का अध्यक्ष तिलकबहादुर मोक्तान र इलाका प्रहरी कार्यालय मनहरीको समेत विशेष पहल रहेको हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवाले जानकारी जानकारी दिइन् । बालिकाहरु र युवाहरु, दुवै पक्षका अभिभावक, वडा प्रतिनिधि, हिमराइट्सकी कुमारी वाइवा, बालहेल्पलाइनका प्रवन्धक झविन्द्र ज्ञवाली, प्रजा जागृति माविका शिक्षक रामप्रसाद सापकोटा, अस्मिता नेपालकाे थापाबहादुर दाेङलगायतको सहभागितामा बालविवाह रोकिएको हो ।
मनहरी गाउँपालिका वार्ड न. ४ की १५ वर्षीया बालिका र हेटौडा ३ बसामाडिका १८ वर्षीय बालक, त्यसै गरी मकवानपरु गढी गाउँपालिका वार्ड न २ की १८ वर्षीया बालिका र हेटौडा वडा नम्वर १७ का २५ वर्षीय युवासँग विवाह हुन लागेको सुचना बालहेल्पलाइन १०९८ मा प्राप्त भए पश्चात जनप्रतिनिधि, बालहेल्पलाइन प्रतिनिधि र दुवै परिवारका अभिभावक सहित बालिकाहरुको उद्वार गरिएको थियो ।
उनीहरुलाई बालहेल्पलाइनमा छलफल पश्चात बालविवाहका सम्बन्धमा बीस वर्ष पूरा नभइ अब विवाह नगर्ने र अभिवकहरुले पनि यस विषयमा आफूहरु बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहो-याउन नदिने प्रविबद्धता गरेको बालहेल्पलाइनकी कार्यक्रम अधिकृत सम्झना अधिकारीले बताइन् ।
बालबालिकाहरुलाइ बालिकालाई थप परामर्शको लागि बाल हेल्पलाइनको संरक्षणमामा राखिएको जनाइएको छ ।
बीस वर्ष उमेर पुरा नभएका बालबालिकाको विवाह गैरकानूनी भएपनि बालबालिकाहरु आफूखुसी बिवाह गर्ने क्रम बढेपछि बालबालिकाहरु र परिवारलाई प्रभावकारी परामर्श गराउन सकिएको छैन । यसैकारण बाल विवाह सबैभन्दा ठूलो चुनौती भएको बालमैत्री अभियानका प्रशिक्षक विष्णुप्रसाद चौवे बताउँछन् ।

