मकवानपुर । मकवानपुरको हेटौडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) क्लब फाइनल प्रवेश गरेको छ । सडनडेथमा धनकुटाको राजारानी क्लबलाई १७–१६ गोलअन्तरले पराजीत गर्दै एनआरटी फाइनल प्रवेश गरेको हाे । माेहित गुरुङकाे स्पाेर्ट किक व्याकअप ब्याटल गाेल मार्फत एनआरटी फाइनल प्रवेश गरेकाे हाे ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैठौं संस्करण अन्तरगत बुधबारकाे पहिलाे सेमिफाइनल खेलकाे निर्धारित समयमा दुबै टाेली तर्फबाट गाेल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । ट्राइबेकरमा समेत बराबरी भएपछी सडेन डेथमा एनआरटीले जीत निकालेकाे हाे । १८ औं पटककाे प्रहारबाट राजारानीलाई पराजीत गर्दै एनआरटी फाइनल प्रवेश गर्ने पहिलाे टाेली बनेकाे छ ।
टाइब्रेकरमा ५–५ गोल भएको थियो । सडनडेथमा दुवै टिमका ११/११ खेलाडीको प्रहारमा १०/१० गोल भएपछि पुनः दोहोर्याएर प्रहार गरेका थिए । टाइब्रकेर र सडनडेथमा गरी कुल ३८ वटा प्रहार भएको थियो ।
खेलमा एनआरटीका गाेलकिपर क्रिपाे म्यान अफ दी म्याच घोषित हुदै दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियाेगिता अन्तरगत विहीबार शसस्त्र पुलिसको एपीएफ र बागमती युबा क्लब सर्लाही बीच दाेस्राे सेमिफाइनल खेल हुने आयाेजकले जनाएकाे छ । एनआरटीले फाइनलमा बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले यस संस्करणमा सहभागिता जनाएकाे छैन ।

