मकवानपुर । नेपाल बार एसोसिएसनले न्याय परिषद नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेजीको माग गर्दै सुरु गरेकाे देशव्यापि विरोध अभियान मकवानपुरमा पनि जारी छ ।
नेपाल बार एसोसिएसनले न्यायपालिकामा देखिएका विकृति र विसंगतिहरूको अन्त्य गरी जनआस्था अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएकाे बिराेध कार्यक्रम गरिएकाे हाे ।
केन्द्रकाे सर्कुलर अनुसार मकवानपुर जिल्ला अदालत बार एशाेसियसन विरोधमा उत्रिएकाे हाे । बैठक र छलफलबाट प्राप्त सुझाव र निर्देशनका आधारमा न्यायपालिका शुद्धीकरण र सुधारका लागि विरोध अभियान सञ्चालन गरेकाे हाे ।
नेपाल बार एशाेसियसनकाे गत पुस १५–१६ गते सम्पन्न केन्द्रीय कार्यसमितिकाे निर्णयबाट गठित समितिकाे सुझावकाे आधारमा बारले ५ बुदे माग राखि माघ २१ गतेबाट आन्दाेलन जारी गरिरहेकाे हाे ।
न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्नु पर्ने, न्यायालयमा व्याप्त भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गरिनु पर्ने, स्वतन्त्र न्यायपालिकाको रक्षा, मुलुकी फैजदारी संहिता, २०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू हुनु पर्ने विगो, जरिवाना तिरे पश्चात मात्र पुनरावेदन, स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गरिनु पर्ने माग गर्दै विराेध अभियान संचालन गरिएकाे जिल्ला बार मकवानपुर अध्यक्ष अप्सरा बस्नेतले जानकारी दिइन् ।

