मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे सवारी दुर्घटना ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, सान्नानिटारमा यात्रुबाहक बस बोलेरो पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मंगलबार वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बसको पट्टा भाँच्चिएर अनियन्त्रित भई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बलेरो पिकअप गाडीमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा सवार रहेका २३ जना यात्रुमध्ये ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेहरूकाे विवरण
१. चितवन माडी न.पा.५ बस्ने बर्ष ३१ को यम बहादुर दरै टाउको र खुट्टामा चोट ।
२. मकवानपुर हेटौडा उ.म.न.पा.११ नवलपुर बस्ने २१ की रमा सापकोटा, हात खुट्टामा चोट ।
३. बारा जितपुर सिमरा उ.म.ना.पा.२ बस्ने बर्ष २७ को जिवन लामा टाउकोमा चोट ।
४. बारा कलैया उ.म.न.पा.२६ महेसपुर बस्ने बर्ष ३० की मन्जुदेवी कपाली टाउकोमा चोट ।
५. मन्जुदेवी कपालीको छोरा बर्ष ३ को नितेश कपाली टाउकोमा चोट ।
६. मकवानपुर हेटौडा उ.म.न.पा.१९ नेवारपानी बस्ने बर्ष ३२ की बिमला श्रेष्ठ टाउकोमा चोट ।
७. मकवानपुर हेटौडा उ.म.न.पा.बस्ने बर्ष २९ कि कल्पना श्रेष्ठ टाउको र घुडामा चोट ।
८. बस चालक कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ३८ को मौली राना टाउको र खुट्टामा चोट ।
९. बसको सहचालक कैलाली धनगढी उ.म.न.पा. ३ बस्ने बर्ष २४ को अबिशेक शर्मा हातमा चोट ।
१०.भारत बिहार राज्य पश्चिम चम्पारन १३ बस्ने बर्ष अ. ४५ को हिरालाल सर्मा टाउकोमा चोट ।
११. मकवानपुर हेटौडा उ.म.न.पा. १९ नेवारपानी बस्ने बर्ष ३४ को सुसिल श्रेष्ठ टाउकोमा चोट ।

