मकवानपुर । बागमती प्रदेश सभा स्थापना भएको ६ वर्ष पुरा भएको छ । छैटौं वार्षिक उत्सवको अवसरमा बागमतीको प्रदेश सभाले विहीबार विशेष कार्यक्रम गरेका छ ।
कार्यक्रममा प्रदेश प्रमुख यादबचन्द्र शर्माले प्रदेशको भविष्य उज्यालो बन्ने गरी काम गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारले बनाएका नीति योजनाहरुले निर्दिष्ट लक्ष्य प्राप्त गर्नुपर्ने उनले बताए । सहिद दिवसको स्मरण गर्दै सहिदहरुको त्याग, वलिदान र सपनाको साकार गर्नुपर्ने बताउँदै प्रदेश प्रमुख शर्माले विगत जतिसुकै सुन्दर वा कुरुप भए पनि भविश्य निर्माणको आधार तय गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।
“विगत प्रति सजग रहंदै भविश्य प्रति सजग बन्नुपर्र्छ, आवश्यकता रहे थप ऐन कानुन निर्माण गरि सकारात्मक परिमाण आउने गरी काम गर्नु जरुरी छ” शर्माले भने “विकासका गति ढिलो होला तर गन्तव्यमा अवश्य पुगिन्छ, उचित समयमा वाच्छित परिणाम नआउदा संकटको स्थिति आउँछ ।”
विकासका कतिपय संभावना उजागार भएको र कतिपय खुल्न नसकेको बताउँदै प्रदेश प्रमुख शर्माले भने “विकासका सम्भावनालाइ थप पहिचान गर्दै अघि बढ्नु पर्छ, प्रदेश स्तरिय औद्योगिक विकास गर्न र अध्ययन अनुसन्धान गर्नुपर्छ ।” वातावरणीय स्वच्छतामा ध्यान दिंदै घरघरमा सिंहदरवार भन्ने नारा नारामा मात्र सिमित नराख्न प्रदेश प्रमुख शर्माले ध्यानाकर्षण गराए । “के कार्यान्वय भयो के भएन भन्ने अनुगमनमा पनि ध्यान दिनु जरुरी छ” उनलेभ ने ।
प्रदेश सभा लामो समयदेखि नबसेको र सर्वसाधारणको समस्यालाई वास्ता नगरीएको गुनासा मिडियाबाट आएको भन्दै समस्याका सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्ष विच छलफल हुनुपर्ने उनलेब ताए । “छलफलमा जाने बातावरण बनाउनु होस्, समाधानका बाटाहरु भेटिने छन् ।”
कार्यक्रममा मुख्यमन्त्री शालिकराम जमर्कटेलले प्रदेश सरकारसंग स्पष्ट नीति नै नभएको बताए । “नयाँ काम गर्न जोखीम हुने हुनाले जे छ तेसैमा चल्दै जावस, ठिकै छ यो यस्तै प्रकियाले अघि बढ्छ भन्दै अघि बढको छ” जमकट्टेलले भने “बागमती प्रदेशको समृद्धि र विकासका लागि नीतिहरु बनाउदैछौ ।” संघीयतामा प्रदेशको आवश्यकता छ कि छैन भन्ने कुरा ग्रामिण क्षेत्रमा भएका विकास निर्माण हेर्न उनले आग्रह गरे । “जवाफ हामीले कामबाट दिने हो, अहिले प्रदेश सरकारले भौतिक पुर्वाधारमा खर्च गरेको छ, सडक र पुल सम्बन्धी नीति बनाउदै छौ” उनले भने “६६ निर्वाचन क्षेत्रमा ७०/८० पुल र ५५० किलोमिटर सडक रहेको अनुमान गरिएको छ ।” यि सबै योजना ५० लाखभन्दा माथिका मात्र हुन् त्यो भन्दा कम वजेटका योजना स्थानीय तहमा पठाउने, शिक्षा क्षेत्रमा विशेष लगानी अभिबृद्धि गर्ने गरिएको उनले बताए ।
कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका संसदिय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार शसक्त हुँदै सुविचारी शैलीमा भव्य रुपमा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरे ।
प्रदेश सरकारको काम सरकार बनाउनु, कानुन निर्माण गर्नु, सरकारलाई नागरिक प्रति जवाफदेहि बनाउनु र प्रदेश सरकारका काम अनुगमन गर्नु भएको उल्लेख गर्दै उनले केही पाटोमा प्रदेश सरकार जिम्मेवार हुन नसकेको संकेत गरे । प्रदेश सभाको दोस्रो कार्यकालमा ५६ वटा बैठक बसेको तर ती बैठकहरु एकै दिनमा ३/४ वटा बसेर पु¥याइएको प्रति उनले रोश प्रकट गरे । “प्रदेश सरकार जनता प्रति जवाफदेहि र सरकारका कामको अनुगमन भए नभएको प्रति ध्यान दिइएको छैन, कर्मचारीको पुर्णता भएको छैन सो प्रति सरकारले ध्यान दिनु पर्छ” उनले भने ।
विगतका धेरै आन्दोलनपछि प्राप्त भएको संघीय संरचना औचित्यपुर्ण रहेको तर प्रदेशहरु छायामा परेको कुरा प्रति समीक्षा गर्न जरुरी रहेको उनले बताए । नेपालमा प्रदेशका बारेमा नकारात्मक कुरा चर्चा गर्ने परिपाटिको विकास भएको, काम त धेरै गरेका छन प्रदेश सरकारले तर जनताहरु किन असन्तुष्ट छन सो प्रति सोच्न जरुरी रहेको उनले बताए । गठवन्धन जोगाउने नाममा मन्त्रालय थप गर्दै खर्चको भार बढाउने काम गरेको प्रति थपलियाले प्रश्न गरे ।
कार्यक्रममा प्रदेश प्रमुख यादबचन्द्र शर्माले प्रदेश सभाको मोवाइल एप उद्घाटन गरे । त्यस्तै दोस्रो कार्यकालको हालसम्मको गतिविधि समेटेर तयार पारिएको पुस्तक विमोचन गरिएको छ ।
कार्यक्रममा प्रदेश सभामा नियमति उपस्थित भएका प्रदेश सदस्यहरु गिता गुरुङ, मधुसुधन पौडेल, माया श्रेष्ठ, रामप्रसाद ढुड्डाना, लक्ष्मिदेवि श्रेष्ठलाई सम्मान गरिएको थियो । प्रदेश सभा सचिवालयलाइ पु¥याएको योगदान राष्ट्र सेवक कर्मचारीहरुलाइ पुरस्कार तथा सम्मान पत्र प्रदान गरेएको छ । कार्यालय सहयोगी मिना ओझा, हलुका सवारी चालक सन्तोष राई, कम्प्युटर अपरेटर सरिता घिमिरे, कम्प्युटर अधिकृत रोशन प्रधान, कानुन अधिकृत मनोज कुमार गुप्तालाई नगद सहित सम्मान गरिएको सचिव पूर्णबहादुर दर्जीले बताए ।

