मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ कमानेमा जारी ८ ए साइड फुटबल प्रतियोगितामा मंगलबार भएको खेलबाट हुप्रा सेटी र कर्णावती सेमिफाइनल प्रवेश गरेको छ ।
हेटौडा ८ कमानेस्थित चन्द्रोदय माविको खेलमैदानमा माघ २ गते भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै हुप्रा र कर्णावती सेमिफाइनल प्रवेश गरे । आज भएको पहिलो खेलमा हुप्रा सिटीले देवनगर एफसीलाई र आयोजक कर्णावतीले कालिकामाईलाई पराजित गरेका हुन् ।
हुप्रा सिटीले देवनगरलाई १-० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरेको हो भने कर्णावतीले कालिकामाईलाई १-० गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

यसैगरी माघ ३ गते बुधबार पनि क्वाटरफाइनल अन्तरगत २ खेल हुने भएको छ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो क्वाटरफाइनल दिउँसो १ बजे समाज कल्याण र राम नगर युवा क्लब बिच हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे फायरलाइन एफसी र मर्निङ स्टार बिच हुने आयोजकले जानकारी दिएको छ ।
कर्णावती युवा क्लबको आयोजना भएको (U-60Kg) ८ ए साइड नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता उपाधि विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

