मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ कमानेमा ६० केजीभन्दा कम तौल समुहको फुटबल प्रतियोगिता सुरु भएको छ।
कर्णावती युवा क्लबको आयोजनामा सुरु भएको ८ ए साईड नक आउट प्रतियोगितामा शनिबार भएको पहिलो खेलबाट आयोजक कर्णावातीले बिजयी सुरुवात गरेको छ । कर्णावतीले ओम नगरलाई ३-० ले हराउदै बिजयी भएको हो ।
हेटौंडा ८ नम्बर वडा खेलकुद समिति अध्यक्ष उमेश थापा मगरको आतिथ्यतामा भएको उद्घाटन खेलमा कर्णावतीका उपाध्यक्ष कृष्णहरी चौलागाईं, ७ नम्बर वडा सदस्य दिनेश थापा मगर, प्रथम पुरस्कार सहयोगी राजु अधिकारी, कर्णावती टोवि अध्यक्ष सुबास दाहाल, चन्द्रोदय स्कुल प्रधानाध्यापक जीवन ढकाललगायतको उपस्थिति थियो ।
त्यसैगरी प्रतियोगितामा अन्तरगत आइतबार ३ खेल हुनेछन् । पहिलो खेल बिहान ७ बजे कालिकामाई र लेभल अप मकवानपुर बिच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो १ बजे सिमपानी र समाज कल्याण बिछ हुनेछ भने तेस्रो खेल दिउँसो ३ बजे बिकास टोल र देवनगर फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ ।

