मकवानपुर । मुक्तकमञ्च मकवानपुरको १२ औं मुक्तक वाचन शृङ्खला शनिबार हेटौडामा भएको छ । शृङ्खलामा दिपक गौतम र किसन पौडेलले संयुक्त मुक्तक वाचन गरेका थिए ।
संयुक्त मुक्तक वाचन शृङ्खलाकाे पहिलाे चरणमा गौतम र पौडेलले ६/६ वटा र दाेस्राे चरणमा ६/६ वटा मुक्तक सुनाएका थिए । मुक्तककारद्वयले सुनाएका मुक्तकहरुमा राजनीतिक समसामयीक, पहिचानवादी तथा प्रेमिल भाव समेटिएका थिए ।
यसैगरी मुक्तक वाचन शृङ्खला मुक्तक मञ्चका आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएकाे छ । मञ्चमा २३ जना आजीवन सदस्य रहेकाेमा शनिबार सबै जनालाई सदस्यता प्रमाणपत्र वितरण गरिएकाे हाे ।
मञ्च अध्यक्ष डीबी बर्तौलाकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा मकवानपुरे साहित्यकार तुलसी घिमिरे, अग्रज साहित्यकार,समालोचक देवी नेपाल र अग्रज मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्ययता रहेको थियो ।



