मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले कृषि क्षेत्रमा काम र उत्पादनमुलक सीप मात्र दिन सक्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५७ औ बार्षिक साधारण सभालाई सम्बाेधन गर्दै जम्कट्टेलले प्रदेश सरकारको अधिकारको क्षेत्र सानाे भएकाेले उद्योग वाणिज्यकाे क्षेत्रमा धेरै काम गर्न सक्ने बताएका हुन् ।
अहिले सबैतिर निराशै निराशा र असन्तुष्टि बाहेक केही छैन भनिरहेका छौ तर प्रधानमन्त्रीको सोचअनुसार नै नेपालमा विकास सम्भव रहेकाे उनले बताए । ‘सरकारले ल्याउने मौद्रिक नीतिमा व्यवसायीक व्यक्तिहरुले सहयाेग गर्दा उद्योग वाणिज्यकाे क्षेत्रमा पर्याप्त वातावरण बन्छ’ उनले भने ’ठुला औद्योगिक क्षेत्रको दायरा प्रदेश सरकारसँग नभएकाेले हस्तकला र घरेलु उद्योगलाई अगाडि बढाउन सक्छौ ।’ प्रदेशमा उद्योगग्राम,कोशेली घर निर्माणको चरणमा रहेकाे उनले बताए ।
‘संसारका धेरै मुलुकहरुले नीति बनाउनु र लगानी गर्नु अघि आन्तरिक र वाह्य उत्पादन र निर्यातको आंकलन गरेरमा मात्र उद्योग सुरु गर्छन्’ मुख्यमन्त्री जम्कट्टेलले भने ‘नेपालमा त्यस्तो अवस्था छैन, चामल मिल चाहिँ खोल्ने तर धान अन्तवाट ल्याउने भने जस्तै परिपाटी छ ।’ हचुवाको भरमा उद्योगहरु खुलेको कारण व्यवसाय धरासायी भयको उनले बताए । ‘नेपाल कृषि प्रधान मुलुक भएपनि वैदेशिक भेटवार्ता भने राजनैतिक र व्यवसायीक भएको छ’ उनले भने । उद्यमशीलता भनेको स्थानीय उत्पादनको उपज गर्नु हो तर नेपालमा निर्यातमुखि व्यवसाय तथा उधोग मात्र रहेको उनले बताए ।
‘प्रदेशकाे ८५ वटा पालिकालाई उत्पादनको पकेट क्षेत्र तोकिने योजना छ’ उनले भने ‘प्रदेशलाई खाधान्नमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।’, व्यवसायीक ढंगले हेर्ने हो भने बिचौलिया पनि खराब नभएकाेले उद्योग वाणिज्य संघ र प्रदेश सरकार उत्पादनको सवालमा सम्झौता गरेर अघि वढ्नुपर्ने उनले बताए । एउटा घर बनाउनु पर्यो भने मधेश प्रदेशबाट ढुङ्गा गिट्टि बालुवा ल्याउनुपर्ने अवस्थाकाे सृर्जना हुन नदिन ढुङ्गा गिटि वालुवा निकाल्न पाउनु पर्ने उनकाे भनाइ छ । सडकमा लगानी बढेको भएपनि सडक निर्माण सम्पन्न हुन नसकेकाे बताउदै उनले भने ‘केही ठुलो कार्यक्रम गर्नुपर्यो भने राम्रो होटलकाे व्यवस्था समेत छैन ।’ कृषकलाई उद्योग वाणिज्य संघले समेट्न नसकेकाे मात्रै नभई आफ्नो सदस्यको रुपमा मान्दैन कृषकलाई उनले भने ।
हेटौडाकाे सडक विस्तारकाे सवालमा उनले आफ्नाे क्षेत्राधिकार नभएपनि व्यक्तिगत रुपमा सडक विस्तार गर्नु पर्ने बताए । सधै सडकको नाममा राजनीति भएकाे पाएकाे छु, विस्तार गर्ने वा विकल्प खोज्ने हो भने उद्योग वाणिज्य संघले निर्णय गरी सरकारमा पेश गर्नुपर्ने उनले बताए । ‘विकास पूर्वाधारमा मुख्य साधन सडक भएकाेले निर्णय गरेर जानुहाेस’ उनले भने ‘धर्ना बस्नुस, एउटा निर्णय लिएर आउनुस तर सधैभरि सडकको नाममा राजनिति गर्ने छुट छैन।’
त्यसैगरि राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले उत्पादन गरेको सागको मुठा शहरमा बस्ने छोराले थोरै लगानी गरेर किन्न सक्ने वातावरण बन्नु पर्ने बताए । ‘उत्पादकले १० रुपैमा विक्रि गर्ने तरकारी उपभोक्ता सम्म पुग्दा ४० रुपैया हुन्छ, विचको लगानी कहाँ पुग्छ? उनले प्रश्न गर्दै भने उद्योग वाणिज्य संघले उपभोक्ता र उत्पादकको विचको पुल बनेर काम गर्नुपर्छ ।’ वस्तु र सेवा सरकारी निकायको नियन्त्रणमा आम नागरिकले सुलभ ढंगले प्रयोग गर्न पाउनुपर्छ त्याे वातावरण उद्योग वाणिज्य संघले बनाउन भूमिका खेल्नु पर्ने उनले बताए ।
मकवानपुर उधोग बाणिज्य संघको ५७ औ बार्षिक साधारण सभा संघ अध्यक्ष कृष्ण गुप्ताको अध्यक्षतामा तथा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा भएकाे हाे । साधारण सभामा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिह, महेश बर्तौला, राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको बागमती प्रदेश सदस्य एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, उद्योग बाणिज्य महासंघ सदस्य मणिराज घिमिरे, कृष्ण कटुवाल, जिसस प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई, रास्वपा सह सम्योजक प्रकाश गौतम, नेपाली काङ्ग्रेस जिल्ला सचिव भिमसेन महत, नेकपा माओवादी जिल्ला सचिव भिम पाख्रिन, प्रहरी उपरीक्षक सिताराम रिजाल स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतकाे उपस्थिति रहेकाे थियाे ।

