मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा सार्वजनिक शौचालय संचालनमा आएकाे छ । संघीय सरकारले निर्माण गरेको सार्वजनिका शौचालयको विहीबार उद्घाटन भएसँगै संचालनमा आएकाे हाे ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाकाे ३३ लाख ७० हजार ४ सय ५२ रुपियाँ लागतमा निर्माण भएको शौचालयको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले विहीबार उद्घाटन गरेकी हुन् । महिला, पुरुष र अपाङ्गता भएकाहररुकाे लागि समेत निर्माण भएको शौचालय आयोजना कार्यालयले व्यवस्थापन र सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरे सँगै सञ्चालनमा ल्याइएको छ ।
बिहीबारबाटै हुप्राचौर खेल मैदानमा आउँने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गरेका छन् । उद्घाटनसँगै हेटौंडा उपमहानगरपालिकाबाट कर्मचारी परिचालन गरेर सञ्चालनको व्यवस्था मिलाइएको बताइएकाे छ । खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख उज्जवल प्रजापती र उपमहानगरपालिकाका नगर प्रमुख लामाले ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देललाई शौचालय चावी हस्तान्तरण गरेका थिए ।

