मकवानपुर । बगमती प्रदेश स्तरीय मानव बेचविखान तथा ओसारपसार बिरुद्धको संरक्षण नीति पास भएकोमा सरोकारवालाहरुले खुसी मनाएका छन् । शान्ति फाउण्डेशन र सामाजिक विकास मन्त्रलयको संयुक्त पहलमा बागमती प्रदेश स्तरीय मानव बेचविखान तथा ओसारपसार बिरुद्धको संरक्षण नीति २०८० पास भएको हो ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तानले नीति पास भएर आएकोमा खुसी व्यक्त गरिन् । नीति बनाउनका लागि सुरुदेखि लगातार योगदान पु¥याएकोमा उनले शान्ति फाउण्डेशन र सामाजिक विकास मन्त्रलयको सचिव तथा कर्मचारीलाई धन्यबाद दिइन् । नीतिलाई विभिन्न स्थानीय तहसम्म पु¥याउन र कार्यान्वयनमा ल्याउन अझै सहकार्यको खाँचो रहेको उनले बताइन् ।
नीति पास भएको उपलक्ष्यमा आगामी कार्ययोजनाको लागी छलफल बैठक आयोजना गरिएको छ । छलफलमा सामाजिक विकास मन्त्रलयको सचिव डक्टर भिष्मकुमार भुसाल, सामाजिक विकास महाशाखा प्रमुख, शाखा प्रमुखहरु, योजना तथा अनुगमन महाशाखा प्रमुख युवा तथा वैज्ञानिक महाशाखा प्रमुखलगायत समुदायक प्रहरी, संघ संस्थाको प्रतिनिधि, बरिष्ठ अधिवक्ताहरुको सहभागितामा थियो । उक्त नीतिलाई मिडिया मार्फत सार्वजनिक गर्नु पर्ने सल्लाह समेत मन्त्री मोक्तानले दिएको शान्ति फाउण्डेशन मकवानपुरको जिल्ला अधिकृत सिता गुरुङले बताइन् ।
वीनरक इन्टनेशनल र शान्ति फाउण्डेशनद्धारा संचालित हाम्रो सम्मान परियोजनाको प्रविधिक सहयोगमा संरक्षण नीति बनाइएको थियो । नीति पास भएपछि माहिला, बालबालिका तथा समग्र मानव संरक्षणको पाटोमा काम गर्न सहजता मिल्ने अपेक्षा गरिएको छ । संरक्षण नीति कार्यान्वयको पाटोमा पनि गम्भीर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

