मकवानपुर । कुनै पनि प्रकारको हिंसा गर्नेलाई आफूले राजनीतिक संरक्षण नदिने बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले बताएका छन् ।
लिङ्गको आधारमा हुने हिंसाले सामाजिक परिवेशलाई उदाङ्गो पारेको उनले बताएका छन् । हिंसामा परेकाको उद्वार गर्ने, हिंसा न्यूनीकरण गर्न कानुनी संशोधन, संघसंस्थाको पारदर्शिता र ग्रामीण भेगमा सचेतनामा ध्यान दिनुपर्ने श्रेष्ठले बताए । उपलब्धि हासिल गर्नको लागि अझै कानुन निर्माणदेखि अन्य सहकार्यको लागि आफू तयार रहेको श्रेष्ठले बताएका छन् ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालवालिकामा लगानीको ऐक्यबद्धताू भन्ने नाराका साथ मकवानपुर महिला समूहको आयोजनामा भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रेषण प्रणाली सुदृढिकरणू र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति सुदृढिकरणू सम्बन्धि कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कतिपय अवस्थामा महिलाको कारण पुरुष समेत पीडित हुने गरेको उनले बताए । समाजमा जुनसुकै बर्गमाथीको हिंसा अन्त्य गर्न लागिपर्नु पर्छू उनले भने । न्याय दिंदा पिडकलाई संरक्षण गर्नै नहुने र आफू र आफ्नो पार्टीले पीडकलाई संरक्षण नगरेको उनले बताए ।
शुक्रबार सुरु भएको कार्यशाला शनिबारसम्म चल्नेछ । एक्सन एड नेपालको सहयोगमा मकवानपुर महिला समूहको आयोजनामा । प्रेषण प्रणाली व्यवस्थित भएपछि कानुनी सहायता पुर्याउन सजिलो हुने हेटौंडा उपमहानगरपालिका प्रबन्धक बिष्णुकुमारी लामीछानेले बताइन् । पीडितलाई सहयोग गर्दा झनै पीडा थपिने भएकोले विशेष ध्यान दिनुपर्ने लामिछानेले बताइन् । प्रेषण प्रणालीका लागि स्थानीय तहको भूमिका लैगिक विभेदमा आधारित हिसाबाट पीडित प्रभावित महिलालाई कहाँ र कसरी पाउने भन्नेमा प्रष्टता सहितको प्रेषण प्रणाली आवश्यक हुने उनले आफ्नो प्रस्तुतिमार्फत बताएकी थिइन् । आवश्यकतामा केन्द्रित भएर स्थानीय तहहरूले प्रेषण प्रणाली मार्गदर्शन तय गरी लागू गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रममा जिल्ला बार एशोसियसन अध्यक्ष अप्सरा बस्नेत,मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध जिल्ला संजाल अध्यक्ष आरति पाठक, सेलर्डका जगन्नाथ सुवेदीलगायत हिंसाको क्रममा पहिले मेलमिलाप संभव नभएमा अदालत जाने बाटो रहेकोले सरकारी संयत्रबाट पहल आवश्यक भएको बताए ।
कार्यक्रममा माइती नेपाल मकवानपुर प्रमुख माया लामा,मन लामा, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाईबा, शान्ति फाउन्डेसन मकवानपुर जिल्ला अधिकृत सीता गुरुङ, साना हातहरू नेपालका दिपक रुम्बा, जिल्ला सेवा केन्द्रको बिन्दा बर्तौला, सिविन बाल हेल्प लाइन मकवानपुर सम्झना अधिकारी, कोशिश मकवानपुर प्रमुख सुनिरा लामा, जिल्ला प्रहरी तथा सामूदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरू, ओसिएमसीको प्रतिनिधिहरू राजनीति दबाबको कारण पीडितलाई न्यायमा सहायता गर्न समस्या भएको बताए ।
मकवानपुर महिला समूहको अध्यक्ष कमला सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको कार्यक्रम संयोजक निशा लामाले बताइन् ।

