मकवानपुर । ट्रकहरुले मालसामान ढुवानी गर्दा सवारी धनीले नै मूल्य अभिवृद्धि करकाे विजक जारी गरेर मात्रै ढुवानी गर्न पाउनु पर्ने माग गरिएकाे छ । नारायणी यातायात व्यबसायी कम्पनी प्रालिले शुक्रबार पत्रकार भेटघाट गर्दै उक्त माग गरेका हुन् ।
कम्पनी आवद्ध सवारी साधन ट्रकहरुले लामो समय देखी मालसामान ढुवानी गरीरहेको सन्दर्भमा आर्थिक वर्ष २०८०/०८१ देखि आन्तरीक राजस्व कार्यालयमा दर्ता गरी मूल्य अभिबृद्धि करको विजक जारी पश्चात ढुवानी गर्दै आएका थिए । सुरुवाती समयमा मूल्य अभिबृद्धि करको विजक सवारी धनीकाे तर्फबाट जारी भइ सामान ढुवानी भइरहेकाेमा अवस्थामा केहि समयदेखि उद्योगी एवं ब्यापारीहरुले बिजक गाडि धनिको तर्फबाट काट्न नमानेकाे पत्रकार भेटघाटमा कम्पनी अध्यक्ष गाेकर्ण प्रसाद पराजुलीले बताए ।
हाल सवारी साधनले मूल्य अभिवृद्धि कर विना मालसामान लोड गरे मात्र ढुवानी गर्न पाउने नत्र मालसामान लोड गर्न नपाउने अबस्था उद्याेगी व्यपारीले श्रृजना गरेकाे भन्दै कम्पनीले त्यसकाे विराेध गरेकाे हाे । यस्ताे अवस्थगाले मूल्य अभिवृद्धि करमा दर्ता भएका सावरी साधन सचालनमा अवराेध भएकाेले सवारी धनीकाे तर्फबाट पूर्ण रुपमा मूल्य अभिवृद्धि कर विजक जारी गर्दै ढुवानी व्यवस्था लागू गर्ने वातावरण तयार गरिदिन समेत सम्बन्धित निकायमा अनुराेध गरिएकाे छ ।
सम्बन्धित निकायबाट मूअकरको विजक शतप्रतिशत लागु गराउने व्यवस्था नगरिए सवारी धनीले आन्तरीक राजश्व कार्यालयमा दर्ता गराएका मूअकर प्रमाणपत्रहरु खारेज गर्ने ब्यवस्था हुनु पर्ने भन्दै पराजुलीले ध्यानाकर्षण समेत गराएका छन् । पराजुलीले जारी गर्नु भएकाे बिज्ञप्तीमा सम्पूर्ण सवारी धनी धनिहरुलाई मूअकरको विजक जारी गरी मात्र मालसामान ढुवानी गर्न समेत अनुरोध गरिएकाे छ ।

