मकवानपुर । अलाेरा अर्थात सपना, सुन्दर बन्ने सपना कसलाई हुन्न र ? भित्र सुन्दरतालाई आत्मबल थप्ने काम बाहिरी आवरणले गर्छ । मानवीय जीवनमा याे सवाल छालाकाे सुन्दरता अर्थात् छालाकाे सुरक्षासँग जाेडिन्छ ।
सेवाग्राहीहरुकाे सुन्दर बन्ने सपनासँग हातेमालाे गर्न हेटाैडा ४ कान्तिराज पथमा अलाेरा ब्युटी पार्लर खुलेकाे छ । पार्लरकाे उद्घाटन गर्दै बागमती प्रदेशकाे सामाजिक विकास मन्त्री कुमारी माेक्तानले महिलाहरुलाई सिप दिएर सक्षम बनाउन सकेमा महिलामाथी हुने हिंसा कम हुने अपेक्षा व्यक्त गरिन् ।
सिप सिकेर लामाे समय विभिन्न पार्लरमा काम गरेकाे १५ वर्षकाे अनुभव सहित साैन्दर्यकर्मी अञ्जु तुम्सिङ मगरले अलाेरा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सुरु गरेकी हुन् ।
छालाकाे उचित हेरचाहले बुढ्याैलीलाई छेक्नेमात्रै काम गर्दैन सँगसँग विभिन्न राेगबाट समेत बचाउँछ । पछिल्लाे समय ब्युटी पार्लर सुन्दरतासँग मात्रै हैन व्यवसायसँग जाेडिएकाे छ । सिप सिकेर आत्मानिर्भर बन्नकाे लागि दरीलाे व्यवसाय बनेकाे अञ्जु बताउँछिन । उनले हालसम्म ५ सय बढीलाई पार्लरकाे सिप सिकाएर स्वराेजगार बनाएकी छिन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित कान्तिराजपथ कुमारी बैंक नजिकै रहेकाे अलोरा ब्युटी पार्लर तथा ट्रेनिङ्ग सेन्टरमा सुरुवाती समयमा तालिमकाे लागि भर्ना हुने विद्यार्थीलाई बिशेष छुट सुविधा प्रदान गरिने अञ्जुले बताइन् ।
उद्घाटन कार्यक्रममा मन्त्री मोक्तानले सेन्टरले महिला दिदिबहिनीहरुलाई सीप सिकाई आत्मनिर्भर बन्न प्रेरित गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।
समुद्घाटन समारोहमा मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान,बागमती गाउँपालिका प्रमुख सर्केश घलानलगायतको उपस्थिति थियो। आफूले सिकेकाे सिपलाई अन्यमा समेत ज्ञानकाे रुपमा दिने र आफ्नाे पार्लर खाेल्ने सपना अलाेराले पुरा गरेकाे बताउँदै अञ्जुले भनिन् ‘मेराे सपना पुरा भएकाे छ अब अरु बहिनीहरुमा सपना देख्नकाे लागि सक्षम बनाउने मेराे जिम्मेवारी हुनेछ ।‘ अञ्जु महिला सौन्दर्यको क्षेत्रमा सफल व्यवसायी हुन् ।
पार्लर संचालिका अन्जुसँगकाे कुराकानीः

