मकवानपुर । मकवापुर जिल्लामा मंगलबार एक दिन ४ जनाले झुण्डिएर आत्महत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अर्का एक जनाले झुण्डिएरै आत्माहत्या गरेको छन् ।
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १२ पाँचतले निवासी २२ वर्षिय विशाल लामाले झुण्डिएर आत्महत्या गरेका छन् । यसैगरी हेटौडा १३ हरीयाली चोक निवासी अन्दाजी ८९ वर्षिया केशरी कुमारी पण्डितले पनि झुण्डिएर आत्महत्या गरेकी छिन् ।
प्रदेश प्रहरी कार्यालयका रिपोर्ट अनुसार मंगलबार नै मकवानपुर जिल्ला मनहरी गाउँपालिका ९ ज्यामिरे भलादमि चोक निवासी अन्दाजी २७ वर्षिया सन्ध्या नेपाली र हेटौडा उपमहानगरपालिका ८ मैदा टोल निवासी अन्दाजी २५ वर्षिय आशिष कार्की झुण्डिएर आत्महत्या गरेका छन् ।
मंगलबार नै बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पनि एक जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका ७ चिम्लिङ भन्ने स्थानमा निवासी ६५ वर्षिय प्रेमबहादुर तामाङले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।
पछिल्लो समय आर्थिक तथा सामाजिक कारण आत्महत्याको दर बढेको प्रहरीको रिपार्टले देखाएको छ । आत्महत्या समस्याकाे समाधान हैन भन्ने अभियान सहित सराेकारवालाहरुले विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएकाे भए पनि यसकाे प्रभावकारीता सबैतिर पुग्न नसकेकाे प्रहरीकाे यस्ता रिपाेर्टहरुले स्पष्ट पारेकाे छ ।

