मकवानपुर । हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबकाे पाेल्टामा परेकाे छ । शनिबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधी हात पारेकाे हे ।
एपीएफले आर्मीलाई पहिलाे सेट २५–२० ले हराउँदा दाेस्राे सेट १७–२५ ले गुमाएकाे थियाे । यसैगरी बाँकी दुई सेट लगायता २५–१७ र २९–२७ ले एपीएफलेले जीतेकाे हो । प्रतियाेगिताकाे उपाधीसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमा हाल पारेकाे छ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । थापाले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । विधागत उत्कृष्टले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
शुक्रबार भएको सेमीफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको थियो भने आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । सान्त्वना पुरस्कार पुलिस र गण्डकीले ५०–५० हजार रुपैयाँ प्राप्त गरेको छ । स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा गत जेठ १६ गतेबाट संचालन भएकाे प्रतियोगिता राष्ट्रिय र माेफसलका गरी १० टिमले सहभागिता जनाएका थिए ।

