मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे छुट्टाछुट्टै स्थानमा २ जनाकाे मृत्यु भएकाे छ । मकवानपुरको हेटौंडा उपमहानगर ४ स्थित कमलडाँडामा घाइते अवस्थामा फेला परेका १ पुरुषको मृत्यु भएको हाे भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा एक पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
शुक्रबार स्थानीय उत्तम उप्रेतीको घर नजिकै टाउकोमा चोट लागेको अवस्थामा फेला परेका नामथर वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार घाइते फेला परेका पुरुषको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हाे ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा सन्त बहादुर भोलनकाे मृत्यु भएकाे हाे । शनिबार विहान हेटौंडा-५ राईटोलबाट मकवानपुर गढी गाउँपालिका ४ स्थित मनकामना मन्दिर जाने बाटोको जंगलमा परिचय नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएकाे थियाे । शनिबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त शव भिमफेदी गाउँपलिका ६ देउरालीका अन्दाजी ३७ वर्षिय सन्त बहादुर भोलनकाे भएकाे निजको बुबाले सनाखत गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । मृतकको शव हेटौडा अस्पतालमानै रहेको तथा घटनाको अनुसन्धान भइरहको जिल्ला प्रहरी कायालय मकवानपुरले जनाएको छ ।

