मकवानपुर । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ११ नमुना चोक भित्रि सडकमा भएको सवारी दुर्घटनामा २ वर्षिय बालकको ज्यान गएको छ ।
हेटौंडा ११ सिमलटारबाट हेटौडा बजारतर्फ आउदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नं. को बोलेरो पिकअप गाडिले बुधबार बिहान पौने ८ बजे सोही स्थानमा बस्ने सुमि डिङ्डुङको २ वर्षिय छोरा समर लो लाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते भएका समरलाई हेटौडा अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुर्घटनापछि गाडि र चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

