मकवानपुर । मकवानपुरमा पुर्ण विद्युतीकरणका लागि साँसद बर्तौलाले कुलमान घिमिङसँग पहल गरेका छन् ।
मकवानपुर निर्वाचन क्षेत्र न २ बाट निर्वाचित संघीय साँसद महेश बर्तौला र नेपाल विधुत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्गकाबीचमा मकवानपुरमा पुर्ण रुपमा विद्युतीकरण गर्ने विषयमा छलफल गरेका हुन् ।
मकवानपुरका राक्सिराङ्ग, कैलाश तथा मनहरीका केहि गाउँमा अझै पनि विद्युत नपुगेको जानकारी प्राप्त गरेपछि साँसद बर्तौला घिसिङ्गसंग छलफलको लागि प्राधिकरणको कार्यालयमा नै पुगेका हुन् ।
साँसद बर्तोलासंगै विद्युतीकरणका विषयमा छलफलका लागि प्राधिकरण पुगेका राजन लामाका अनुसार बर्तौलाले महानिर्देशक घिसिङ्गलाई मकवापुरमा सडककोबीचमा पिच तथा ढलान गरिएको अवस्थामा विधुतको पोलको बारेमा समेत चर्चा भएका थियो ।
मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिकाको मार्खु सबस्टेसनको ३३ केभीको प्रशारण लाईनको काम सम्पन्न हुन ढीलाई भएको, गाउँगाउँमा रहेको काठको पोल विस्थापन गरि फलामे पोल राखिनुपर्ने, ट्रान्सफर्मरहरु थप गर्नुपर्ने तथा परिवर्तन गर्नुपर्ने अवस्थामा रहेको बताए । बर्तौलाले केहि गाउँमा राम्ररी बक्ति बाल्न पनि भोल्टेजको समस्या रहेको बताउँदै यी कठिनाईलाई कसरी समन्वयात्मक हिसाबले समाधन गर्ने बारे छलफलको सुरुवात गरेको थियो ।

विधुत प्राधिकरणका महानिर्देश घिसिङ्गले आफू कार्यान्वयन गर्न बसेकाले जहाँ विधुत पुगेको छैन त्यहाँ तत्कालै विधुत पु¥याउने कदम चालिने बताए । छलफलकै क्रममा घिसिङ्गले फोनमार्फत मनहरी सबस्टेसनको कामको प्रगतिको विवरण मागेका थिए ।
एक महिना भित्र सबस्टेसनको सबै काम सक्न मातहतका कर्मचारीलाई निर्देशन दिए । नेपालमा भौतिक पुर्वाधारको विकासहरुमध्य सडक संजालको विकास अत्याधिक भएकोमा खुशी व्यक्त गर्दै सडक खनेर पोलबीच आईपुगेका पोलहरु सार्न सम्वन्धीत गाउँपालिकाले २० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत लगानीमा बाँकी प्राधिकरणको लागानीमा आफूले पोल सार्ने कार्यविधि बनाएर काम अघि बढाईको बताए ।

