मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयकमा अन्तरक्रिया गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयसंगको सहकार्यमा इन्सेकले शुक्रबार हेटौंडामा अन्तरक्रिया गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा भएको छलफलमा इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजनाका विषयमा जानकारी गराएका थिए । अन्तरक्रियामा सहभागीले मानवअधिकारको विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
केही अधिकारवादीले पीडकबाट आफूहरुविरुद्ध नै मुद्दा दायर गरेरे समस्या सिर्जना गर्न थालिको गुनासो गरेका थिए । मानवअधिकारलाई स्थापित गर्न सरकार जिम्मेवार हुन नसकेको र कतिपय अवस्थामा युरोपेली मुलुकको मापदण्डमा आधारित मानवअधिकारको सुनिश्चितता सम्भव नहुने सहभागीले बताएका थिए ।

कार्यक्रममा मकवानपुर जिल्ला बार अध्यक्ष अप्सरा बस्नेत, माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ, हिमराइट्स प्रमुख कुमारी वाइबा,मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध जिल्ला सन्जालका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

