मकवानपुर । रवि लामिछानेले नेपाली नागरिकता पुनः लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता त्याग गरेको निस्सा बुझाएपछि नेपाली नागरिकता पुनः प्राप्ति गरेका हुन् ।
लामिछानेले २०५० सालमै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । लामिछानेलाई प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता दिएको हो ।
अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछाने विरुद्ध फैसला गरेकाे थियाे । सर्वाेच्चकाे फैसला पछि लामिछानेकाे संघीय सांसद, उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद तथा सदस्य समेत गुमेकाे थियाे ।
सर्वाेच्चकाे फैसलालाई स्वागत गर्ने बताएका उनी आइतबार समर्थकसहित पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

