मकवानपुर । हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सवको अवसरमा आइतबार विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ ।
विद्यार्थीहरू बिच विभिन्न प्रतियोगिता गरि उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । यसैगरी विभिन्न बिधामा शिक्षक, कर्मचारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कार्यालय सहायक लेखापाल लक्ष्मी न्यौपानेलाई नगद ३ हजार रुपैयाँसहित सम्मान गरिएको छ । प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत शम्भु घर्तीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
२०७८ सालमा उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकहरु र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । अंग्रेजी विषयका गणेशप्रसाद हुमागाई, कार्यालय संचालन तथा लेखा विषयका रामशरण पौडेल, अतिरिक्त गणित विषयका खेमराज लामिछानेलाई पुरस्कृत गरिएको छ । प्रथम तह तृतीय श्रेणीमा कार्यरत सिर्जना कुमारी शर्मालाई सबैभन्दा बढी उपस्थित भएको भन्दै पुरस्कृत गरिएको छ । यसैगरी म्युजिकल चेयरमा प्रथम हुन सफल सुस्मा कँडेललाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
बार्षिक उत्सव कार्यक्रम हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले बालबालिकालाई अब्बल बनाउन अभिभावकहरू पनि जागरूक हुनुपर्ने बताइन् । स्थानीय तहले बिद्यालय सुधारको लागि गर्नुपर्ने काममा जिम्मेवारी पुर्वक लागेको लामाले बताइन् ।
प्रदेशको राजधानीको सबभन्दा उत्कृष्ट बिद्यालय बनाउन लागि पर्नु विद्यार्थीको ब्यक्तिगत फाइल बनाएर सुधार गर्न उनले निर्देशन दिएकी छिन ।
बार्षिक उत्सवको अवसर विद्यार्थीहरूले आफैं निर्माण गरेका बिज्ञान सामगरि प्रदर्शनी, खाना महोत्सव समेत गरेका छ ।

२०७८ सालमा कक्षा–८ को परीक्षामा ३ दशमलव ६ जीपीए ल्याएर उत्कृष्ट हुन सफल छात्रातर्फ रस्मिता आलेमगर र छात्रतर्फ रविकिश्वर साहलाई पुरस्कृत गरिएको छ ।
एसईईमा उत्कृष्ट अङ्क ल्याउने छात्रातर्फ कोमल जैसवाल र छात्रतर्फ शिवप्रसाद सत्याल, कक्षा–१२ को वार्षिक परीक्षामा ३ दशमलव ७५ जेपिए ल्याएर उत्कृष्ट हुन सफल छात्रातर्फ सोनीकुमारी पासवान र जीपीए ३ दशमलव ४७ ल्याएर उत्कृष्ट हुन सफल रामकृष्ण यादवलाई स्टेशनरी सामग्रीसहित पुरस्कृत गरिएको छ ।
यसैगरी सिद्धार्थ बालबाटिका कृतिको विमोचन समेत गरिएको छ । सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधु बजगाई, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरेलगायतले शैक्षिक सुधारको सवालमा सिद्धार्थ माबिलाई आफूहरूको सहयोग सदा रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम बिद्यालयका प्रअ मोहनप्रसाद शर्माले अभिभावकहरूमा शिक्षा र चेतना आवश्यक महसुस भएको बताए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको थियो ।

