मकवानपुर । सिमसार क्षेत्र पुनर्स्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना अन्तरगत मकवानपुरका सरोकारवालाहरूले सिमसार क्षेत्र संरक्षणबारे कार्ययोजना निर्माण गरेका छन् ।
सिमसार क्षेत्र पुनर्स्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना माथि छलफल गर्दै आगामी कार्ययोजना बनाएको हो ।
डब्ल्यु डब्ल्यु एफको सहयोगमा सहमतिले कार्यक्रम गरेको थियो । डब्लु डब्लु एफको साझेदारीमा सञ्चालित ” Wetland- Restoration and Basin Collective Action plan for Narayani. River परियोजना अन्तरगत Validation of collective Action Plan कार्यक्रम अन्तरको बहस यस अघि पनि मकवानपुरमा भएको थियो ।
मकवानपुर जिल्लाका जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा जिल्लाको सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिसस प्रमुख घलानले जलाधार क्षेत्र संरक्षणमा स्थानीय तहहरूसंग समन्वय गर्ने बताए । जलाधार जीवनको आधार भएकोले यसको संरक्षणमा समन्वय सहकार्य र लगानी आवश्यक भएको घलानले बताए ।
यसअघि गत असोज २ गते हेटौंडामा नै भएको सर्वपक्षीय बैठकबाट प्राप्त मस्यौदालाई मुल्यांकन र प्रमाणीकरणको लागि समूह छलफल गरिएको थियो ।

छलफलबाट प्राप्त निर्णयलाई आगामी दिनमा लक्ष्यित क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरूले आफ्नो कार्ययोजना भित्र समेटेर काम गर्ने परियोजना प्रमुख दिनेश बस्ताकोटीले बताए । सहभागीहरू झण्डै ३ दर्जन प्रश्नमाथी छलफल गरि कार्ययोजना बनाएका थिए ।
डिभिजन वन कार्यालय मकवानपुरका बसन्तराज गौतम, जिल्ला वनस्पति अनुसन्धान केन्द्रका रघुराम पराजुली, परियोजना सल्लाहकार दया सागर सुवेदी, मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

