मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय स्थापन गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले सबै दल, प्रतिनिधि, आमसन्चार सबैले आचारसंहिता पालनामा ध्यान दिन आग्रह गरे । निष्पक्ष र भय रहित तरिकाले निर्वाचन हुनेमा ढुक्क हुन प्रजिअ पाण्डेले आग्रह समेत गरे ।
मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले स्वतन्त्रत निष्पक्ष र भयरहित ढंगबाट निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । कार्यालय निर्वाचन कार्यतालिका समेत आजै प्रकाशन गरेको छ । कार्यतालिका अनुसार काम गर्न सबैपक्षबाट सहयोग गरिदिन मकवानपुरको निर्वाचन क्षेत्र २ को निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल आग्रह गरे ।
कार्यक्रम मकवानपुर जिल्लाका जिसस सभापति ललित घलानले कुनै व्यक्ति तथा दल आचारसंहिताभन्दा बाहिर जान खोज्दा रोक्ने सबैको दायित्व भएको बताए । “सबैले आआफ्नो भूमिका पुरा गरेमात्रै निर्वाचन सफल हुनेछ”घलानले भने ।

