मकवानपुर । राज्य संयन्त्र कमजोर हुँदा नागरिक समाजको भूमिका नदेखिएकाे बताइएकाे छ । काेक्यापले आयाेजना गरेकाे शान्ति न्याय र सवल संस्थाका नागरिक समाज बिषय प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हेटौंडामा यस्ताे बताइएकाे हाे ।
कार्यक्रममा मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञ अधिकारीले नागरिक समाज सक्षम हुदा न्यायको पाटो बलियो हुने बताए । नागरिक समाजले विभिन्न सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तर, राज्य तहबाट नागरिका समाजको कामलाई अपनत्व ग्रहण नगरीएको कारण समस्या भएको इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारीले ।
कार्यक्रममा कोक्यापका कार्यक्रम संयोजक सरोज नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरुले शान्ति र न्यायको लागि नागरिक समाजको भूमिका सशक्त बनाउन राज्य संयन्त्रको दरीलो साथ चाहिने बताए । बाल अधिकार समिति बागमती प्रदेश सदस्य झविन्द्र ज्ञवली, माइत नेपाल मकवानपुर प्रमुख माया लामा, तेस्रो लिङ्गि सामुदायिकी किरण थापा, पत्रकार प्रताप विष्टलगायतले ले सामाजिक समूहको भूमिका उच्च रहेको तर राज्यले अवसर नदिएको बताए ।
कार्यक्रममा पत्रकार बिष्टले राजनीतिक बुझाई राखेर सामाजिक काम हुनुपर्नेमा सामाजिक काममा नै राजनीतिकरण हुन थालेको बताए ।
व्यक्तिले सत्तामा जानको लागि सामाजिक समूह भर्याङ बन्ने गरेको बताए । “एक व्यक्तिलाई सामजले स्वीकार गर्दैन, त्यो राम्रो हैन, राजनीति आस्था र पुर्वाग्रहबाट जन्मेका संस्थाले सामाजिक समूहको काम गर्दैनन्” विष्टले भने ।
अधिकारकर्मी दिपेन्द्र पाठकले उही कसुरमा फरक सजाय हुने प्रवृत्ति बढेको बताए । कानुनको सही कार्यान्वयन नहुदा राज्यको उपस्थित नदेखिएको उनले बताए । कानुन नियम र संविधानले मात्रै राज्यको उपस्तिथि नदेखिने पाठकले बताए ।
“नागरिक समाजले बोलेको सुनुवाइ हुनै छाड्यो” कार्यक्रममा माइती नेपाल प्रमुख लामाले भनिन् ।सार्वजनिक रूपममै सम्बोधन गर्नुपर्ने कुराको समेत सम्बोधन नभएको उनले बताइन् । फौजदारी केशमा पनि मेलमिलापको लागि दवाब आउने गरेकोले काम गर्नै समस्या भएको उनले बताइन् ।
यसैगरी हिमराईट्स मकवानपुर प्रमुख कुमारी वाइबाले सामाजिक अभियन्ताहरूलाई राज्यले संरक्षण नगरेको बताइन् । कार्यक्रममा कोक्याप बागमती प्रदेश प्रमुख बिरबहादुर नेपालीले सहजिकरण गरेका थिए ।
कार्यक्रम कोक्यापको केन्द्रिय कोषाध्यक्ष अर्जुन ढकालको अध्यक्षता रहेको थियो ।

