मकवानपुर । भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र मकवानपुरको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकीकरण गोष्ठी गरेको छ ।
कार्यालयले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि स्वीकृत कार्यक्रम र बजेट बारे जानकारी गराईएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले पशु स्वास्थ्य र किसानको हितका लागि नगरपालिकाले गर्नु पर्ने सहकार्यको लागि नगरपालिका सधै तयार रहेको बताइन् । “समस्या भए,शेयर गरौ,सहकार्य गरौं” उनले भनिन् ।
कार्यक्रम मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका अध्यक्ष तथा प्रतिनिधिहरू कृषि शाखा प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा व्यवसायीक बाख्रा पालक महसंघका मकवानपुर जिल्ला अध्यक्ष बिबेक सुबेदीले किसानसंग सहकार्य नहुदा कार्यक्रमको प्रभावकारीता कम भएको बताए ।
“हामेसंग पहिले सहकार्य हुंदैन, किसानलाई अत्यावश्यक भैरहेका कार्यक्रम पनि जानकारीको अभावमा किसानसम्म पुग्न सक्दैन” उनले भने “समयमै काम र कामको गुणस्तरीयता खोजौ ।” कार्यक्रममा केन्द्र प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले सहभागिको जिज्ञासाको उत्तर दिएका थिए ।

