मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी सहित अन्य चार दलको संयुक्त सर्घष समितिले आव्हान गरेको बन्दको हेटौंडामा प्रभाव परेको छ । हिजो साँझ हेटौडाको लोकप्रिय चोकदेखी मउबासंघ चोकसम्म राके जुलुस निकालेर बन्दको आव्हान गरेपछि आज विहानै बाट पसलहरु खुलेका छैनन् । क्याम्पसका बसहरु पनि चलेनन् ।
बन्दको कारण हेटौंडा बजार बिहान प्राय सुनसान छ । निजि तथा सार्वजनिक केही सबारी साधन निर्वाध चलेका छन । केही दिन अघि सरकारले नेकपाका नेता बिप्लब सहित २५ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । सर्घष समितिले तत्काल पक्राउ पुर्जी फिर्तालिन सरकारलाई अल्टिमेटम दिदै मंगलबार नेपाल बन्दको घोषणा गरेको हो । बन्दको विकल्प खोज्न ब्यबसायीहरुले यसको बिरोध गरेका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् ।
बन्दकर्तामा नेकपासँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।



