मकवानपुर । मिर्गौला रोगी रामकृष्ण प्रजालाई १ लाख रुपैयाँ सहयाेग गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी कांग्रेस नेता प्रजालाई एक लाख रूपैयाँ सहयोग गरेका छन् ।
दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि संसदीय दल र दलका नेता बानियाँले आर्थिक सहयोग गरेका हुन् । उपचारमा सहजताका लागि संसदीय दलबाट ५० हजार र नेता बानियाँले ५० हजार गरि १ लाख रूपैयाँ सहयोग प्रजाको घरमै पुगेर हस्तान्तरण गरिएको हाे । नेता बानियाँले प्रजाको स्वास्थ्य अवस्था र थप उपचारबारे जानकारी लिंदै आवश्यक सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सहयाेग हस्तान्तरणमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, प्रदेशसभा सदस्य पुकार महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल लगायतको उपस्थिति थियो ।

