शिक्षा दुलाल
सर्माउँदै ती मृगनयन झुकाईदेउ न सानु भन्छन्
भो नबाँध केश राशी फुकाईदेउ न सानु भन्छन्
दुनियाँको वासनामा भुल्न , फुल्न नदेउ मलाई
बरू तिम्रो मनभित्र नै लुकाईदेउ न सानु भन्छन्।
जिउने चाह भरिएको रहर हरायो
मैले रम्न चाहेको त्यो शहर हरायो
कोशेलीमा खुसी बोकी आउने गर्थे
उत्साहका अनेकौं ती लहर हरायो ।
जति बोल्यो त्यति बढ्छन् सकिदैनन् बात अचेल
लामो लाग्छ दुरी अनि छोटा लाग्छ्न् रात अचेल
मष्तिस्कको चेतनाले हरेक पटक सम्झाए पनि
सरल निर्दोष बनी हिड्ने मनले गर्छ घात अचेल ।
स्वार्थी रै’छे अन्तै नाता जोडी नभन्नु है
मझधारमै ल्याई एक्लै छोडी नभन्नु है
तिम्रै बोली बिझाएर बाध्य बनेको छु म
खै किन हो अर्कै बाटो मोडी नभन्नु है ।
सुर्याेदय नगरपालिका इलाम

