मकवानपुर । हेटौडा उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख र उप प्रमुखले पदभार ग्रहण गरेका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेका हुन् ।
यससँगै हेटाैडाकाे १९ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुले सोमबारनै पदभार ग्रहण गरेका छन् । यस अघी निर्वाचित नगर प्रमुखले सोमबार बिहान मुख्य निर्वाचत अधिकृत तथा मकवानपुरका जिल्ला न्यायधिस डिल्लीरत्न श्रेष्ठबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । लगत्तै नगर प्रमुख लामाबाट उप प्रमुख बानिया तथा वडा अध्यक्ष र सदस्यहरुले पद तथा गाेपनियताकाे सपथ खाएका थिए ।
यसैबीच सोमबारै हेटाैडा उपमहानगरपािलकामा पदभार ग्रहणपछि प्रमुख लामाले अति विपन्न १ हजार ५ सय ४१ घर परिवारलाई निःशूल्क स्वास्थ्य बीमा गरिदिने, मासिक १५ हजार लिटर पानी, २५ युनिट विजुली निशूल्क उपलब्ध गराउने नीतिगत निर्णय गरेका थिए ।
यस्तै आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युतका पोलहरु सार्ने निर्णय पनि गरिएको छ । उत्त नीतिगत निर्णयलाई आर्थिक वर्ष २०७९।०८० काे नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिने बताइएकाे छ ।

