मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत थाहा नगरपालिकामा निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएकाे छ । नगरपालिकामा निर्वाचित नगर प्रमुख, उपप्रमुख सहित १२ वडाका निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएकाे हाे ।
निर्वाचन अधिकृतकाे कार्यालय थाहानगरपालिकाले विहीबार निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरेको हाे । निर्वाचन अधिकृत तीर्थराज भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रममा थाहा नगरभित्र निर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुखका प्रत्यासी अच्युतम प्रसाद ढकाल, कार्यवाहक प्रमुख खड्गबहादुर गोपाली, निवर्तमान प्रमुख लवशेर बिष्ट, प्रमुख प्रसासकीय अधिकृत हरिलाल पुरीलगायतका उपस्थिति रहेको थियो ।

