मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित मकवानपुरगढी गाउँपालिकाका प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । विहीबार निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष र वडाका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको हो ।
गाउँपालिकाका कार्यबाहाक अध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यता तथा निर्वाचन अधिकृत नारयणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पालिका अध्यक्ष अर्जुनप्रसाद दाहाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजकुमार खड्का, नेपाली कांग्रेसका सभापति राजविर मुक्तान लगायतकाे सहभागिता रहेकाे थियाे ।

