मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा विजयी भएका मकवानपुरका ५ गाउँपालिकाका अध्यक्षले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
पहिलो चरणमा ५ स्थानीय तहका अध्यक्ष क्रमशः भीमफेदी गाँउपालिकाका हिदम लामा, इन्द्रसरोबर गाउँपालिका देवकृष्ण पुडासैनी, राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका धर्मराज लामिछानेले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।
उनीहरुलाई बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए । बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा पद तथा गोपनियताको सपथग्रहण गराइने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
कानुनतः नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनु पर्ने व्यवस्था रहेकाे छ । नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख तथा उपाध्यक्ष र सदस्यहरुलाई प्रमुख तथा अध्यक्षले पद तथा गाेपनियताकाे सपथ गराउनु पर्ने गरी व्यवस्था गरिएकाे छ । हाल सम्ममकवानपुरको ८ स्थानीय तहको अन्तिम नतिजा आएकाे छ ।

