मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका रामकृष्ण काेइराला निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बुधबार सार्वजनिक मत परिणाम अनुसार हेटौंडा–१६ को वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण कोइराला निर्वाचित भएका हुन् ।
कोइरालाले आफ्नो निकटतम प्रतिस्पर्धी उम्मेदवार भन्दा २ गुणाभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले २ हजार ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामिछानेले १ हजार ९० मत मात्रै ल्याएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका कोइराला पुनः ५ बर्षको लागि चुनिएका छन् ।
यस अघीकाे आफ्नाे कार्य अवधिमा राम्रो काम गरेकोले जनताको उत्साहजनक मत पाएको राजनीतिक वृत्तमा चर्चा छ । सो वडामा ३ हजार ७ सय ३९ मत खसेको थियो ।

