मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा नेपाली कांग्रेस विजयी भएकाे छ । बुधबारकाे मतगणनाकाे नतिजा अनुसार हेटाैडा १७ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् ।
सत्यालले १ हजार ३ सय १४ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर खुलालले १ हजार १ सय ३६ मत, नेकपा माओवादी केन्द्रका चुडामणि रुपाखेतीले ८ सय ८० मत र राप्राका हरिबहादुर राउतले १ सय ९६ प्राप्त गरेका छन् ।
यसैगरी, महिला वडा सदस्यमा एमालेकी लेखकुमारी तिमल्सिना, दलित महिला सदस्यमा कांग्रेकी उर्मिला चुनारा, खुल्ला सदस्यहरुमा कांग्रेसका कृष्णबहादुर अधिकारी र नवराज न्यौपाने निर्वाचित भएका छन् ।

