मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा हालसम्मकाे मत गणना अनुसार कांग्रेसले अग्रता लिएकाे छ । गाउँपालिकाकाे वडा नंबर १ को मत गणना हुँदा नेपाली कांग्रेसले अध्यक्ष तथा उपाध्यक्षमा अग्रता कायम राखेको छ ।
१ हजार ६ सय ९२ मत गणना हुँदा अध्यक्षमा नेपाली कांग्रेसका विश्व लामाले ७ सय ४४ मत प्राप्त गरेका छन् भने एमालेका देबकृष्ण पुडासैनीले ६ सय ७४ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादीका देबकुमार लामाले १६ मत ल्याउँदा निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका एकिकृत समाजवादीका जीवन लामाले १२ मत प्राप्त गरेका छन् ।

