मकवानपुर । मकवानपुरको मनहरीमा गठबन्धन दोब्बरभन्दा बढि मतले अगाडि छ । मनहरी–१ को १ हजार १ सय ८४ मत गणना हुँदा गठबन्धनको उम्मेदवारले अग्रता फराकिलो पारेको हो ।
मनहरीमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवारले प्रमुखमा ६ सय ९६ मत ल्याउँदा एमालेले ३ सय २४ मत प्राप्त गरेको छ । उपप्रमुखमा माओवादीले ३ सय २६ मत ल्याएको छ । एमालेले उपप्रमुखमा २ सय ७२ र नेकपा एसले २ सय १८ मत ल्याएको छ । वडा अध्यक्षमा कांग्रेस जिततर्फ उन्मुख भएको छ । कांग्रेसले वडा अध्यक्षमा ७ सय ७१, एमालेले २ सय ७६ मत ल्याएको छ । चारवटै वडा सदस्यमा कांग्रेसले अग्रता लिएको छ ।
यसैगरी मकवानपुर भिमफेदी गाउँपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ । पहिलो चरणमा ८ सय मत गणना हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले मतगणनामा ४ सय ५ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्द्वी एमालेका हिदम लामाले ३ सय १५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४ सय ११ मत ल्याएका छन् । एमालेकी पार्वती रानाले ३ सय १५ मत ल्याएकी छन् । हाल वडा नम्बर १ र २ को मतगणना भइरहेको छ ।
