मकवानपुर । मकवानपुरको इन्द्रसरोबरबाट कांग्रेसले विजयी सुरुवात गरेकाे छ । गाउँपालिकाकाे वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको हाे ।
कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका सुवास थापाले ७ सय ४४ मत ल्याएका छन् । अध्यक्षका प्रत्याशी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गर्दा १ सय ५९ मतान्तरले थापा विजयी भएका हुन् । वडामा १६ सय ९३ मत खसेको थियो ।
यस्तै वडा सदस्यहरुमा नेपाली काँग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिग,गोमा लामा बिजयी भएका छन् । यस अघी नै दलित महिला सदस्य तर्फ नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्बसम्मत भएकी थिईन । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि यस वडामा कांग्रेस विजयी भएको थियो ।

