मकवानपुर/नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले जिल्ला स्तरीय विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियु मकवानपुरले विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।
जिल्लाको भीमफेदी, मनहरी, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडाकै विभिन्न क्याम्पसहरुबाट हभागी भएका विद्यार्थीहरुको ¥यालीले हेटौंडा बजार परिक्रमा गर्दै शक्ति प्रदर्शन गरेको थियो । हेटौंडा–४ स्थित क्लब हेटौंडामा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लागि पर्न निर्देशन दिइएको छ । अनेरास्ववियुले आगामी निर्वाचनकै लागि जिल्लाभर विद्यार्थीहरुबाट १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको छ ।
‘मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौं ।’ भन्ने नारासहित अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको घोषणा गरे । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अनेरास्ववियु र नेकपा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा अनेरास्ववियु मकवानपुर अध्यक्ष पौडेललाई प्रदान गर्दै निर्वाचन परिचालन कमिटीको उरे ।
स्थानिय निर्वाचनमा विजय हासिल गर्नु एमालेको अर्जुनदृष्टि रहेको पूर्व मुख्यमन्त्री पौडेलले बताए । एमालेलाई पराजित गर्नका लागि ५ वटा दलहरु मिलेर गठबन्धन गरेपनि एमालेले स्थानीय चुनावमा अत्याधिक स्थानमा जीत हासिल गर्न केन्द्रित भएको उनको भनाई छ । एमालेले अब एताउता कतैपनि ध्यान नदिएर अबको अर्जुनदृष्टि निर्वाचनमा नै केन्द्रित रहने उनले बताए ।

जेष्ठ नागरिक र बालबालिकाका अधिकार हितका निमित्त नेकपा एमालेले काम गरिरहेको भन्दै उनले नेकपा एमालेले जसरी अरु पार्टीले काम गर्न नसक्ने दाबी गरे । ‘‘जब नेकपा एमालेको सरकार बन्छ त्यति बेला मात्रै सरकारको अनुभुति जनताले गरेका हुन्छन्” उनले भने ।
नमोहन अधिकारीको पालामा बनेको नेकपा एमालेको ९ महिने सरकार नै आजसम्म सबैभन्दा लोकप्रिय सरकार बनेको स्मरण गर्दै उनले मुलुकको परिवर्तनका लागि, विकासका लागि, समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्नका लागि, सुशासनका लागि, ज्येष्ठ नागरिकदेखि बालबालिकाहरुको हितका लागि तथा विद्यार्थीको सुनौलो भविष्यको लागि अब देशमा नेकपा एमाले नै आवश्यक भएको बताए । उनले सम्पुर्ण विद्यार्थीहरुलाई आफ्नो घर, समाजमा एमालेलाई जिताउन सक्रिय रुपमा लाग्न अनुरोध समेत गरे ।
२०७४ सालमा एमालेको सरकार बनेपछि धेरै विकासका काम भएको बताउँँदै उनले आफ्नै पार्टीको सरकार गिराउन पार्टी फुटाएको आरोप लगाए ।

अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौला, प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिव नविन सिग्देल, जिल्ला सचिवालय सदस्यहरु ईश्वर ढुङ्गाना, सुनिल मोक्तान, जिल्ला सदस्यहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

