मकवानपुर /विमेन इन रोटरी डिष्ट्रिक ३२९२ कमिटीले चेपाङ् महिलाको आर्थिक वृद्धिमा चासाे राखेकाे छ । कमिटीले मकवानपुरकाे राक्सिराङ्ग गाउँपलिका ८ का चेपाङ् महिलाहरुको आर्थिक हैसियत बढाउनको लागि मौरी पालन प्रदान गरेको छ ।
कमिटीले चेपाङ महिलाहरुलाई तालिमपछि मौरी घार वितरण गरेको छ । चेपाङ महिलाहरुको आर्थिक आर्थिक सशक्तिकरणका लागि सहयोग गरिएको हो । विमेन इन रोटरी कमिटी ३२९२ ले गत पौष महिना पुतलिको घर नाटक च्यारिटि मन्चन गरेको थियो । चर्चित रगकलाकार निशा शर्माको मुख्य भुमिका रहेको नाटकबाटै रकम संकलन गरेको थियो । महिलाहरुको लागि महिला नै भन्ने नाराका साथ संकलन गरिएको रकम राक्सिराङ गाउँपालिकाको समन्वयमा उक्त स्थानका चेपाङ महिलाहरुको लागि तालिम तथा मौरी घार वितरण गरिएको थियो ।
१५ जना चेपाङ महिलाहरुको सहभागिता रहेको तालिममा युनिक मौरी पालन उद्योग सञ्चालक तथा व्यवस्थापक सालिकराम बानियाँले सहजिकरण गरेका थिए । तालिममा मौरीपालनको परिचय, महत्व, वस्तुस्थिति, चुनौती, मौरीको जीवनचक्र र वर्ग विभाजन, मौरीपालनमा प्रयोग हुने घार तथा सामग्रीहरु, मौरीगोलामा हुने वार्षिक जीवनचर्या र समसामयिक गोला व्यवस्थापन, मौरीको गृहत्याग, गोला विभाजन, कृत्रिम आहारा र आधार चाका तथा चाका व्यवस्थापन, मौरी गोलामा हुने लुट लडाईं र रोकथाम, बितपाते मौरी, तिनको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षणका गराइएको बानियाँले बताए ।
महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाई समाजमा विद्यमान चेलिवेटि वेचविखन, वालविवाह, अशिक्षा जस्ता कुरितिहरुलाई हटाउन आर्थिक शसक्तिकरण जरुरी रहेकोले आफूरुहरुले सानो प्रयास स्वरुप यो कार्यक्रमको आयोजना गरिएको विमेन इन रोटरी प्रमुख सपना रिजालले बताइन् ।

कार्यक्रममा राक्सिराङ् गाउँपालिका ८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले चेपाङ महिलाहरुको आर्थिक विकासको लागि तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
विमेन इन रोटरि कमिटी ३२९२ नेपाल भुुटानको आर्थिक सहयोग तथा राक्सिराङ गाउपालिकाको समन्वयनमा सञ्चालन भएको उक्त कार्यक्रम मिति २९ फागुनदेखि ३ दिनसम्म सञ्चालन गरिएको स्थानिय स्तरमा कार्यक्रमको व्यवस्थापन गरेका चिरञ्जिवी पौडेलले बताए ।

