मकवानपुर । प्रगतिशील लेखक संघ मकवानपुर अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन् । शनिबार भएकाे प्रलेस मकवानपुरकाे आठाैं जिल्ला सम्मेलनबाट अधिकारीकाे अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसैगरी प्रलेस मकवानपुरकाे प्रथम उपाध्यक्षमा विशाल अधिकारी ‘आशुतोष’ द्वितीय उपाध्यक्षमा सरस्वती तिमल्सिना, सचिवमा चिरञ्जीवी लामिछाने, सहसचिवमा लिला उर्वशी, कोषाध्यक्षमा विधान आचार्य चयन भएका छन् । यस्तै सदस्यहरु मिना श्रेष्ठ, कैलाश धिताल, सूर्य बहादुर गोले, अरुण थिङ र बिक्रम घलान सर्वसम्मत चयन भएका छन् ।
प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष्य शान्ति प्रियबन्दनाको अध्यक्षता तथा प्रगतिशील लेखक संघका महासचिव समीर सिंहको प्रमुख आतिथ्यमा प्रलेस मकवानपुरकाे आठाैं जिल्ला सम्मेलन भएकाे हाे ।

