मकवानपुर । मकवानपुरे महिला साहित्यकारको संस्था आँचल साहित्य कला पुञ्ज आयाेजनामा साहित्य महाेत्सवकाे उद्घाटन गरिएकाे छ । महाेत्सवकाे पहिलाे दिन उद्घाटनदेखि सांगितीक कार्यक्रम आयाेजना गरिएकाे छ ।
हेटाैडा ४ स्थित राेयल प्यालेसमा भएकाे उद्घाटन कार्यक्रमसँगै बहस,कार्यपत्र प्रस्तुती गजल तथा मुक्तक वाचन र सांगितीक कार्यक्रम गरी पहिलाे दिनकाे महाेत्सवकाे कार्यक्रम समापन भएकाे आचँलकी अध्यक्ष अनिता न्याैपानेले बताइन् । महाेत्सवमा ‘साहित्यमा राजनीति’ बहस कार्यक्रम ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुति र बहस भएकाे छ । यस्तै साङ्गीतिक कार्यक्रम सहित समापन गरिएकाे महोत्सवकाे पहिलाे दिन पुस्तक प्रर्दशनी, कला प्रर्दशनी समेत गरिएकाे छ ।
महोत्सवमा ‘साहित्यमा राजनीति’ विषयको बहसमा भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका थिए ।यसको सहजकर्ता ठाकुर वेलबासेले गरेका थिए । यसैगरी भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उक्त कार्यपत्रमाथि राम अविकास र प्रणेताले टिप्पणी गरेकाे आँचल सचिव भावना सापकाेटाले बताइन् । कार्यपत्र माथि उठेका जिज्ञासामा अधिकारीले प्रष्ट पारेकी थिइन् ।
यसैगरी महाेत्सवकाे पहिलाे दिन भएकाे गजल तथा मुक्तक वाचन कार्यक्रममा अर्चना दाहाल, अनिता अर्याल नेपाल, अनु रोक्का, अभिराज खाती, आदित्य राज, आनन्द घलान, आयुष्मा देवकोटा ‘आशा, आशिष दुलाल, किशन पौडेल, कुवेर पराजुली, केशव समर्पण, गोकर्ण मोक्तान, चिरञ्जीवी लामिछाने, डी.बी. बतौला, दीपक गौतम, देवराज तिवारी, धर्मराज स्याङ्तान, बबी थापाले गजल तथा मुक्तक वाचन गरेरका थिए ।
यसै गरी भवानी तिमल्सिना, मनोज पोखरेल, माधव पोखरेल, मेनु तिमल्सिना, यमनदेव उत्प्रेरक, रमेश रसिक, राम कार्की, वनस्तम थिङ, विनिता काकी, विश्व राई, विशाल अधिकारी, श्रीराम अधिकारी, सन्जित श्रेष्ठ, सन्तोष गौतम, स्वस्तिका बानियाँ, सागर तिमल्सिना, सानु खनाल, सुमित्रा आचार्य, सुबास ‘सजल’, सुविज्ञा सुवेदी, हरी पौडेल, हिमाल ओली पृथक, हेमन्त ढुङ्गेल, त्रुपक लगायतकाे मुक्तक वाचनले माहाैल तताएका सहजकर्ता गंगा सापकाेटाले बताइन् ।
यसै गरी सुस्केरा परिवारबाट भएकाे मुक्तक वाचन तथा गजल गायनले थप राैनकता थपिएकाे थियाे । पीएम सेन्टरकाे सांगितीक कार्यक्रमसँगै पहिलाे दिनकाे महाेत्सव सकिएकाे हाे ।
महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकार बीच साहित्य आदानप्रदान हुने न्यौपानले जानकारी दिइन् । सााहित्य, भाषा, तथा कलाको अहिलेको अवस्थाका बारेमा बहस हुने भएकाले साहित्यलाई अझ परिस्कृत र बलियो बनाउँदै लैजाने अपेक्षा महोत्सवबाट लिइएको छ ।
महोत्सवकाे दाेस्राे दिन फागुन २१ गते शनिबार हेटाैडामा साइकल संरचनाकाे सम्भावना अन्तरक्रिया हुनेछ । यसैगरी ‘समकालिन कविताको मार्ग चित्र’, ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहसको कार्यक्रम हेटाैडा १८ हर्नामाडीकाे गुम्बाडाँडामा आयाेजना गरिने सचिव सापकोटाले जानकारी दिइन् । ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् ।
यस्तै शनिवारकाे ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका छन् भने यसको सहजकर्ता निमेष निखिल रहेका छन् । साथै कविता वाचनकाे कार्यक्रममा मकवानपुर तथा अन्य जिल्लाका कविहरुकाे कविता सुनिने छन् । याे सँगै साहित्य महाेत्सव समापन गरिने अध्यक्ष न्यापाैनेले बताइन् ।

