मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लाको अधिवेशन सकिएको छ । गत आइतबारबाट सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार सम्पन्न मतदानको गणना विहीबार दिउँसो सकिएसँगै अधिवेशनको प्रक्रिया पूरा भएको हो ।
अधिवेशनबाट ७ जना पदाधिकारीसहित ४८ सदस्यीय कांग्रेस मकवानपुरको जिल्ला समिति निर्वाचित भएका छन् । सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना गरी ७ जना पदाधिकारी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित भएका छन् । निर्वाचनमा सभापतिका ३ जनाकाे उम्मेदवारी परेकामा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सबैभन्दा बढी मत ल्याउने लामा र आनन्दराम पराजुलीबीच भएकाे सहमतिबाट लामा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचनबाट नेपाल कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्मराज लामिछाने, सचिवमा ईश्वरकुमार पाठक र भीमसेन महत एवम् सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं निर्वाचित भएका छन् । पदाधिकारी सँगै कांग्रेस जिल्ला सदस्यहरुमा थाहा नगरपालिकाबाट महिलातर्फ सुनमाया भोम्जन निर्विरोध निर्वाचित भएकी छिन् । यस्तै खुला सदस्यतर्फ नवराज लामा ८ सय ८१ मत र भीमबहादुर भोम्जन ७ सय ७४ मतसहित निर्वाचित भएका छन् ।
कैलाश गाउँपालिकाबाट महिला सदस्यतर्फ मीना गुरुङ ६ सय ५२ मतसहित निर्वाचित भएकी छिन् भने खुलातर्फ ७ सय ७६ मत प्राप्त गरी उदासकुमार भ्लोन निर्वाचित भएका छन् । राक्सिराङ गाउँपालिकाबाट महिला सदस्यमा बच्चीमाया नेगी निर्विरोध निर्वाचित भएकी हुन् भने खुल्ला सदस्यमा ५ सय ९२ मत सहित जयबहादुर तितुङ निर्वाचित भएका छन् । मनहरी गाउँपालिकाबाट महिलातर्फ अम्बिकाकुमारी घिमिरे ७ सय ७ मतसहित निर्वाचित हुँदा खुलातर्फ ६ सय ८३ मतसहित चन्द्रबहादुर न्यौपाने निर्वाचित भएका छन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाबाट महिलातर्फ १ हजार ३१ मतसहित ताराकुमारी राई (कार्की) र ७ सय १५ मतसहित सोममाया मोक्तान निर्वाचित भएका छन् । यस्तै खुलातर्फ ६ सय ३९ मत सहित शैलेन्द्रराज बानियाँ, ५ सय ५२ मत सहित ईश्वर पण्डित र ४ सय ८९ मतसहित धीरेन्द्र लामा निर्वाचित भएका छन् । बागमती गाउँपालिकाबाट महिलातर्फ ७ सय ८३ मतसहित सुनिता राई निर्वाचित हुँदा खुलातर्फ शेरबहादुर राना मगर निर्विरोध निर्वाचित भएका छन् ।
बकैया गाउँपालिकाबाट महिलातर्फ ९ सय १९ मतसहित चमेली लामा डिम्डुङ निर्वाचित भएकी छिन् भने खुलातर्फ सेतेमान बल निर्विरोध भएका हुन् । मकवानपुरगढी गाउँपालिकाबाट महिलातर्फ भीमकुमारी न्यौपाने निर्विरोध निर्वाचित हुँदा खुलातर्फ ८ सय २५ मत सहित माधवप्रसाद न्यौपाने निर्वाचित भएका छन् । यस्तै भीमफेदी गाउँपालिकाबाट महिलातर्फ ९ सय ३० मतसहित संगीता राना मगर निर्वाचित भएकाी छिन् । खुलातर्फ ७ सय ६४ मतसहित अर्जुनप्रसाद पुडासैनी निर्वाचित भएका छन् । ईन्द्रसरोवर गाउँपालिकाबाट महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ विष्णुकुमार कार्की पनि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै खस आर्य महिलातर्फ ७ सय ५३ मतसहित प्रमिला खतिवडा र ७ सय ४१ मतसहित सजिता सिग्देल निर्वाचित भएका छन् । खस आर्य खुलातर्फ ५ सय १४ मतसहित होमनाथ गौतम र ४ सय ९८ मत सहित ईन्द्रकुमार बर्तौला निर्वाचित भएका हुन् । आदिवासी जनजाति महिलातर्फ ८ सय ९१ मतसहित कुती ग्यालन, ७ सय ८५ मतसहित शर्मिला श्रेष्ठ, ७ सय ५८ मतसहित निर्मला गोले, ७ सय १४ मतसहित सन्जु थापा मगर र ७सय ६ मतसहित गीता राई निर्वाचित भएका छन् ।
आदिवासी खुलातर्फ ९ सय २७ मतसहित कालु घलान, ८ सय २३ मतसहित राजकुमार गोले, ७ सय ९४ मतसहित ईश्वरकुमार रुम्बा, ७ सय ५६ मतसहित राजकुमार वाईबा, ६ सय ६७ मतसहित गोपीराम बल र ६ सय ३७ मतसहित विरोध मोक्तान विजयी हुनुभएको छ । दलितर्फ डम्बर बहादुर बिक निर्विरोध निर्वाचित हुँदा अल्पसंख्यकतर्फ खेमबहादुर प्रजा ५ सय ७४ मतसहित निर्वाचित भएका हुन् ।

