
(कृषि विकास शाखा प्रमुख मकवानपुरगढी गाउँपालिका)
- प्लाष्टिकको गुणस्तर तथा उपलब्धताः
हुन त प्लाष्टिक घर निर्माणको लागी सामान्यबजारमा पाईने कमसलखालको प्लाष्टिक पनि प्रयोग गर्न सकिन्छ तापनि यस किसिमको प्लाष्टिक प्रयोग गर्नाले बर्षै पिच्छे प्लाष्टिक बदली गर्नु पर्ने झन्झट एकातर्फ हुन्छ भने अर्काेतर्फ बर्षै पिच्छे प्लाष्टिक बदली गर्नुपर्नाले प्लाष्टिक घरनिर्माणको समग्र लागत बढ्न गई आयमा कमी आउँछ ।
यस हिसाबले प्लाष्टिक घर निर्माणको लागी शुरुमा नै बलियो र टिकाउ खालको प्लाष्टिक प्रयोग गर्नु बढि बुद्धिमानी हुन आउछ । प्लाष्टिक घर निर्माणको लागीसिल्पोलिन प्लाष्टिक र युभि प्लाष्टिक उपयुक्त सिद्ध भएको एक किसिमको बलियो प्लाष्टिक हो । यस प्लाष्टिकले सूर्यको किरणबाट सिधाप्राप्तहुने एक किसिमको पाराबैजनी किरण (Ultravoilet Rays) लाई अबरोध गर्न सक्दछ ।
यो सजिलै टुक्रदैन र सूर्यको तापले पग्लदैन पनि । यो प्लाष्टिक माटोले सजिलै सडाउन र गलाउन समेत सक्दैन । स्विस प्रविधिबाट बनेको यो प्लाष्टिक सानातिना असिना र बर्षातको पानी सहन सक्ने, सजिलै नच्यातिने, नकोतरिने तथा १० देखि १५ बर्षसम्म आयु प्रमाणित भएको बलियो प्लाष्टिक हो । बजारमा विभिन्न साइज र गुणस्तरको सिलपोलिन तथा युभि प्लास्टीक सिट उपलब्धभए तापनि यस गाउँपालिकाको जमिनको अवस्था अनुसार प्राय गरी ७० जि.एस.एम र ९० जि.एस.एम को सिल्पोलिन प्लाष्टिक तथा २०० माइक्रोनको युभि प्लाष्टिक उपयूक्त मानिन्छ ।
- प्लाष्टिक घरमा खेतिगर्दा हुने फाईदाहरुः
प्लाष्टिक घरभित्र प्रतिकुल मौसममा समेत खेति गर्न सकिने भएकोले बाली सधनता बढ्न गई एक बाली लाग्ने ठाँउमा दुई बाली र दुई बालीलाग्ने ठाँउमा चार बाली समेत लाग्न सक्दछ । प्लाष्टिक घरले बोटबिरुवालाई प्रतिकुल वाताबरणबाट जोगाउने भएकोले ८००–१५०० मिटर उचाई भएकामध्य पहाडी क्षेत्रहरुमा फागुन–जेष्ठ, आषाढ–असोज तथाकार्तिक–माध गरी तिन पटकसम्म घरभित्रै गोलभेडा उत्पादन गर्न सकिन्छ ।
यसै गरी भेडे खुर्सानी, माच्छे खुर्सानी, अकबरे खुर्सानी, लहरे तरकारी (करेला,काक्रो) जन्य तरकारीहरु बर्षमा तिन पटकसम्म फलाउन सकिन्छ भने बन्दा, काउलीसागजन्यजस्ता तरकारीहरु त बर्षको चार पटक सम्म नै फलाउन सकिएको छ ।
प्लाष्टिक घर (टनेल) प्रविधिबमोजिम तरकारी उत्पादनगर्दा रोग तथा किराको प्रकोपमा समेत कमिआएको महसुस गरिएको छ । सामान्यतया बाहिरको भन्दा ५ देखि १५ डिग्री सेल्सियस ले प्लाष्टिक घरभित्रको तापमान बढि हुने भएकोले खासगरी गोलभेडामा लाग्ने रोगहरु (बोट ओईलाउने, पछौटे डडुवा, अगौटे डडुवा, डाँठ र जरा कुहिने रोग, बेर्ना कुहिने रोग तथाफलको भेट्नो कुहिने ढुसीजन्य तथा ब्यक्टेरियाजन्य रोगहरुको प्रकोप तुलनात्मक रुपमान्युन देखिएको छ भने प्लाष्टिक घरभित्र निमाटोडको आक्रमणबाट लाग्ने गाँठे रोगको समस्यादिनानुदिन बढदै गईरहेको देखिन्छ ।

किराहरुको कुरा गर्दा गोलभेडा तथा भण्टाको फलमालाग्ने गवारो (Brinjal Fruit and Shoot Borer) फलकुहाउने झिंगा (Fruit Fly) तथा पातखाने फट्याङ्ग्रो (Green Grass Hopper) र पातको रस चुस्ने झिंगा (White Fly) को प्रकोप भने केही उच्च पाईएको छ । प्लाष्टिक घरभित्रको उष्ण तापिय वाताबरणले गर्दा यि किराहरुको कृयाकलापअनुकुलहुन मद्दत पुगेको हुन सक्दछ । यद्यपि प्लाष्टिक घरभित्र माटो र माटोजन्य किराहरु जस्तो कि फेदकटुवा (Cutworm) र खुम्रे किरा (White Grub) को प्रकोप भने न्युन पाईएको छ । प्लाष्टिक घरभित्र खेति प्रबिधि एक बन्द वाताबरण भित्र गरिने खेति प्रविधि भएकोले प्लाष्टिक घरभित्र कथमकदाचित कुनै रोग तथा किराले आक्रमण गरिहालेमा पनि नियन्त्रण विधि सजिलो र कमै मात्र खर्चिलो हुन्छ ।
- बजारमुखी उत्पादन योजना
बिगतमायस जिल्लामा गरीने तरकारी खेति,गोलभेडा खेतिलगाएतका अन्य खेति समेत प्राय निर्वाहमुखी थियो । निर्वाहमुखी कृषि उत्पादनमा कस्तो बस्तु उत्पादन गर्ने, उत्पादत कृषि बस्तुलाई कहाँ बेच्ने, कति मुल्यमा बेच्ने, आदी विषयमा खासै चिन्ता
हुदैनथ्यो । यस्ता बिषयहरुमा निर्णय लिनकुनै जटिलता पनि पर्दैनथ्यो ।
तर हालआएर केहि मात्रामा ब्यवसायीक खेतिको थालनीले गर्दा केहि जटिल बनेको छ कृषिमा आएको सुधारीएको उत्पादन पद्दती, नयाँनयाँ बिउबिजन, थरी थरीका जातहरु र तीनीहरुको मौसमी तथा बेमौसमी खेतीको साथसाथै बढ्दो शहरीकरण तथा मानिसको आयस्तर संगसंगै खाने चाहना र बानीमा आएको परिबर्तन तथा सञ्चार र यातयायातमा बृद्धि हुदै गएको पुर्वाधारको कारण पनि बजारमा खरिद बिक्रीहुने बस्तु र सेवाको प्रकार, परिमाण, रोजाई, उपलब्धता र मुल्यमा ठूलो उतारचढाब आएको छ।
बजारमुखीउत्पादन योजनाको तयारीबाट निम्न लिखित फाईदाहरु छन् ।
- उत्पादन योजना बनाई कामगर्दा उत्पादनको बजार माग सुनिश्चित हुने भएकोले कृषि उपजको लागी बजार सहजै श्रृजना हुन्छ ।
- बजारको माग तथा आपुर्तिमा आधारीत उत्पादन परिमाण हुने भएकोले उत्पादित बस्तुले सहजै यथोचित मुल्य प्राप्त गर्दछ।
- बास्तबिक मागको आधारमा उत्पादनहुने भएकोले बढि आपुर्ति भई क्षतीहुने सम्भावना हुदैन ।
- यथोचित उत्पादन र बजार योजनाका कारण ब्यापारी, प्रशोधनकर्ता, उद्यमी र अन्य सरोकारवालाहरुलाई आपूर्ति सुनिश्चित हुन्छ।
- माग तथा आपुर्तिमा हुने सन्तुलनले बजारमा बस्तुको आपुर्ति अबिरल र दिगो हुन्छ ।
कृषकहरुको बजारमुखिउत्पादनकार्य योजनको लागीबजारको निर्धारण सबै भन्दा महत्तपूर्ण बिषयहुन आउदछ । उचित फाईदा सुनिश्चित गर्न बजार माग अनुरुपको वाली र जात छनौट गर्नु पर्दछ । बजारको लागि विविभन्न स्थानका ब्यापारीहरुको सम्पर्कबाट कृषकलाई कुनवालीको कुन समयमा कुन बजारमा कति मुल्य कायम हुन्छ सो बारे जानाकारी प्राप्त हुन्छ । ब्यापारीहरुले कृषकहरुलाई कुनबालीलगाउने, कहिले लगाउने, वा कहिले उत्पादन गर्ने, कुन बजारमा कुन समयमा कति मुल्य र कति परिमाणमा आपुर्ती गर्ने भन्ने बारे उचित सल्लाह दिन्छन ।
त्यस बाहेक अन्य गोलभेडा खेतीको लागि बनाईएको प्लास्टीक घर राम्रो ब्यवस्थापन गर्न सकिएको खण्डमा ४–५ वर्ष सम्म पनि उपयोगमाल्याउन सकिन्छ ।
बेमौसमी तरकारी उत्पादनको लागि प्लाष्टिक घर
साधारणतया मुख्य मौसममा बाहेक समयको केही अघि वा पछि उत्पादन गरिने तरकारी खेती पद्धतीलाई बेमौसमी तरकारी खेती भनिन्छ ।
अतःप्रतिकुल मौसममा पनि विरुवालाई अनुकुल वातावरण सृजना गरि बेमौसमी तरकारी उत्पादन गर्न प्लाष्टिक घरको प्रयोग गरिन्छ । नेपालमा बर्षायाम (जेठ देखि भदौसम्म) बर्षाबाट जोगाउन र हिउँदयाम (मंसीर देखि फागुनसम्म) चिसोबाट बिरुवालाई जोगाउन तराई तथामध्य पहाडी भेगमा प्लाष्टिक घर/टनेलको प्रयोग गरिन्छ भने उच्चहिमाली भेगमा तापक्रम बृद्धि गरी गोलभेंडा, काँक्रो जस्ता बढी तापक्रम चाहिने तरकारीको उत्पादनको लागि प्लाष्टिकको गुम्बोज प्रयोग गरिन्छ ।

प्लाष्टिक घर निर्माणको लागि जग्गा छनौट
प्लाष्टिक घर बनाउने स्थलः
ज्यादै भिरालो, वर्षातको भेल पस्ने स्थान र पानीजम्ने ठाउँमा प्लाष्टिक घर बनाउन हुदैन । धेरै हुरी बतास लाग्ने स्थानमा प्लाष्टिक घर बनाउनु उपयुक्त हुदैन । ओझेल पर्ने वा सूर्यको प्रकाशकम पर्ने स्थानमा प्लाष्टिक घर बनाउन हुदैन । खुला ठाउँ जहाँकम्तीमा ६ घण्टाभन्दा बढी वा दिनभरि नै घाम लागि रहन्छ, त्यस्तो स्थानमा मात्र प्लाष्टिकको घर बनाउनु उपयुक्त हुन्छ ।
प्लाष्टिक घरको क्षेत्रफलः
कम्तीमा ५ मीटर भन्दा बढी चौडाई भएको जमिन र लम्बाई भने जमिनको लम्बाई अनुसार बनाउन सकिन्छ । साधारणतया ५ मीटर चौडाई र २० मीटर लम्बाईको घर बनाउनु उपयुक्त हुन्छ ।
प्लाष्टिकको प्रयोगः
नेपालमा प्लाष्टिक घरको लागि सूर्यको पराबैजनी किरणले असर नगर्ने सिल्पाउलिन प्लाष्टिकको प्रयोग बढी प्रचलनमा रहेका छन् । बिगत २ बर्षको तथ्यांकलाई हेर्दा व्यावसायिक तरकारी उत्पादन गर्ने देशमा प्रयोग हुने युभी प्लाष्टिकको प्रयोग बढ्दो क्रममा देखिन्छ ।
सामान्यतया कृषकहहरु ४५ देखि ९० जि.एस.एम.सम्मको सिल्पाउलिन तथा १०० देखि २०० माइक्रोन सम्मको युभी प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् । बढी हावा चल्ने र असिना पर्ने ठाउँमा १२० जि.एस.एम. सम्मको प्लाष्टिकको प्रयोग गर्ने गरिएको छ । जति बढी जि.एस.एम.को प्लाष्टिकको प्रयोग गरियो त्यति कम सूर्यको प्रकाश विरुवाले पाई उत्पादन घट्ने सम्भावना हुन्छ तसर्थ यदि हावा, हुरी र असिनाको प्रकोप कम छ भने ४५ जि.एस.एम.को सिल्पाउलिन वा १०० माइक्रोनको युभी प्लाष्टिक प्रयोग गर्नु राम्रो हुन्छ । प्लाष्टिक घरमा कीराको प्रकोपकम गर्न चारैतिर कीरा नछिर्ने साइजको प्वाल भएको सेतो नाईलनको जाली प्रयोग गर्न सकिन्छ ।
प्लाष्टिक घर निर्माण गर्दा ध्यानदिनुपर्ने कुराहरु:
प्लाष्टिक घरको निर्माण गर्दा समुन्द्री सतहबाट उचाई, तापक्रम, आद्र्रता, हावा बहावको दिशा तथा लगाउने बाली र जातमा निर्भर पर्दछ । समुन्द्री सतहबाट उचाई कम भएको ठाउँ छ भने सामान्यतया तापक्रम बढी हुने हुँदा घर अग्लो बनाउनु पर्दछ ।
बढी उचाई भएको ठाउँमा तापक्रम कम हुने हुँदा तापक्रम बढाउन प्लाष्टिक घर होचो बनाउनु पर्दछ । ८०० देखि ११०० मीटर सम्मको उचाईमा धुरी खाँवाको उचाई ४ मी. र छेउको खाँवा ३ मी., ११०० देखि १४०० मीटर सम्म धुरी खाँवा ३.५ मी. र छेउको खाँवा २.५ मी र १४०० देखि १९०० मीटर सम्मधुरी खाँवा ३ मी. र छेउको खाँवा २ मी कायम गर्दा उच्च मुल्ययुक्त गोलभेंडा, काँक्रो, भेंडे खुर्सानीलगायतका तरकारी सफलतापूर्वक बेमौसममा उत्पादन गर्न सकिन्छ । बढी गर्मी हुने ठाउँहरुमा प्लाष्टिक घर निर्माण गर्दा हावा ओहोरदोहोर गर्ने ठाउँ भेन्टिलेशन भएको बनाउनु पर्दछ ।
यसो गर्दा तापक्रम र आद्र्रता नियन्त्रण गर्न सहजभई रोग तथाकीराको प्रकोपलाई समेत न्यूनीकरण गर्न सकिन्छ । अत्यधिकचिसो हुने क्षेत्रमातापक्रम बढाउन गुम्बोज आकारको प्लाष्टिक घर निर्माण गर्नु पर्दछ । तापक्रम र आद्र्रता नियन्त्रण गर्न प्लाष्टिक घरको आकार धेरै ठूलो बनाउनहुदैन । ठाउँको उपलब्धताअनुसार ५ देखि ६ मीटर चौडाई र १० देखि २५ मीटर लम्बाई भएको घर उपयुक्त हुन्छ । प्लाष्टिक घरको उपयुक्त स्लोप मिलाउनआवश्यक हुन्छ अन्यथा प्लाष्टिकमा पानी तथा असिनाले क्षतिपुर्याउने सम्भावना हुन्छ ।
प्लाष्टिक घरभित्र तरकारी खेतीगर्दा ध्यानदिनुपर्ने कुराः
बाह्रै महिना एवं लगातार प्लाष्टिक घरभित्र एउटै तरकारी बालीको तरकारी खेती गर्दा रोग तथा कीराको प्रकोप बढ्न जानुको साथै माटोको गुणस्तर पनि खस्कदै जाने हुँदा एउटा तरकारी लगाएपछि भट्मास, बोडी लगायतका कोशेबाली परिवारको बालीलगाई फुलफुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छाडीदिनु राम्रो हुन्छ ।
एकचोटी तरकारीको उत्पादनलिईसकेपछि चैत्र देखि जेठ महिनाको पानी नपर्ने तथा बढी गर्मी हुने सिजनमा प्लाष्टिक घरको प्लाष्टिक हटाएर सयपत्री फुल वा तोरी रोपी एक–डेढ महिनाको भएपछि माटोमा मिसाई पारदर्शी प्लाष्टिकले ३०–४० दिनसम्म हावा नछिर्ने गरी छोपेमा निमाटोड तथा अन्य माटोमा रहेका कीरा तथा रोगका जीवाणुलाई नियन्त्रण गर्न सहयोग गर्दछ । प्लाष्टिक घरमा तरकारी लगाउँदा बर्षा याममा गोलभेंडा, भेंडे खुर्सानी र हिउँद याममा काँक्रो, जुकिनी लाभदायक देखिएको छ । प्लाष्टिक घर बेमौसमी तरकारी उत्पादनको पूर्वाधार हो यदि बढी उत्पादन तथा आम्दानी लिने हो भने उपयुक्त तरकारीको जातको छनौट, सिफारिस बाली व्यवस्थापन प्रविधिको अबलम्बन तथा बजारको मागअनुसारको उत्पादन गर्न आवश्यक हुन्छ ।
याे पनी पढ्नुहाेस्
प्लाष्टिक घरमा गोलभेडा खेतीको आकर्षण

