मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएको घोषणा गरिएको छ। घोषणासंगै सभापतिका अर्का उम्मेदवार आनन्दराम पराजुलीले लामालाई बधाई दिएका थिए । पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा लामालाई सर्वसम्मत चयन गर्ने सहमति भएको कांग्रेस मकवानपुरले जनाएकाे छ ।
पराजुलीले आफू सभापति नभए पनि सभापतिमा विजयी बुद्ध लामाको हरेक चुनौतीमा आफ्नो साथमा सधै रहने बताए ।
कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, सभापतिका उम्मेदवार लामा, आनन्दराम पराजुलीसहितको बैठकबाट लामालाई सभापति चयन गर्ने निर्णय बमोजिम लामालाई सभापती घोषणा गरिएको हो ।
सोमबार भएको पहिलो चरणको मतदानमा बुद्ध लामाले ५ सय ९२ मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेका आनन्दराम पराजुलीले ५ सय ४५ मत प्राप्त गरेका थिए । यस्तै अर्का आकांक्षी जयराम लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए । १ हजार ८ सय ५३ मतदातामध्ये १ हजार ७ सय ७५ प्रतिनिधिले मतदान गरेका थिए ।
In: मकवानपुर बिशेष, मुख्य खबर, स्थानीय खबर/समाज
Tags: No Comments

